कैलाली- कैलाली प्रहरीले गरगहना चोरी गर्ने र चोरीका गरगहना खरिद गर्ने तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने २८ वर्षीय श्याम जोशी, २८ वर्षीय पंकज घिमिरे र शिवनगर बस्ने बेताल आरती सुनचाँदी पसलका सञ्चालक २३ वर्षीय कमलेश भन्ने सुजल खनाललाई प्रहरीले पक्राउ गरेको हो।
घिमिरे र जोशीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बस्ने रामबहादुर विककाे घरबाट गरगहना चोरी गरेका थिए। उनकी श्रीमती रेखा घरमा ढोक बन्दी गरी बारीमा गएको समयमा उनीहरुले दराजमा रहेको २ थान सुनको तिलहरी, हातको बाला, मोबाइल र नगद २० हजार रुपैयाँ चोरी गरेको कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।