काठमाडौं–भारतले नेपाली भूमि मिचेर सडक बनाएको विरोधमा आज नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। सीमा बचाउ अभियानका तर्फबाट आयोजित प्रदर्शनका सहभागीलाई प्रहरीले संसद भवननजिकबाट पक्राउ गरेको हो।
भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालमा विरोध तीव्र भइरहेको छ। नेपालका राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक समाजलगायतले प्रदर्शन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।