काठमाडौं– ८० किलो गाँजासहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका– ६ की फुलमाया तामाङ रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले गाँजासहित तामाङलाई गएराति पक्राउ गरेको हो।
तमाङले आफ्नो घरमा गाँजामा लुकाएर राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाँजासहित उनलाई नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।