काठमाडौं– नेपाल तरुण दलले सीमाको मुद्दा टुंगाउन सरकार गम्भीर नभएको जनाएको छ। सीमा रक्षा गर्ने प्रमुख दायित्व सरकारको भएपनि सरकार संवेदनशील नहुनु विडम्बना भएको तरुण दलले जनाएको छ।
‘सरकारले कुनै पनि कूटनीतिक पहल नगर्नु र आधिकारिक धारणासमेत व्यक्त नगर्नुले सरकारको चरित्र उदांगो भएको छ,’ तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ।
नेपालको भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्ग बनाएको प्रति बस्नेतले आपत्ति जनाए। नेपाली भूमि रक्षा गर्न सरकारको लाचारीपन देखिएको तरुण दलले आरोप लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।