काठमाडौं–नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले नेपाली भूमि फिर्ता गर्न भारत र चीनसँग कूटनीतिक संवाद गर्न सरकारसँग आग्रह गरेकी छन्।
भारतले नेपाली भूभाग व्यास, गुन्जी लिपुलेकसम्मको सडकमार्ग उद्घाटन गरेपछि भारतीय पक्षले सन्धि सम्झौता उल्लंघन गरेको उनले बताइन्। उनले भनिन्, ‘दुई देशको मित्रवत सम्बन्धमाथि प्रहार गर्ने कार्य भारतीय पक्षबाट भएको छ।’ विश्वव्यापी महामारी र संकटका बेला भारतले सडकमार्ग निर्माण र उद्घाटन गरेको कार्यप्रति आपत्ति जनाइन्। ‘भारतीय पक्षको यो कार्य निन्दनीय छ। तत्काल नेपालीभूमि फिर्ता गर्नुपर्छ। यसको विकल्प भारतीय पक्षसँग छैन‚’ उनले भनिन्।
राजनीतिक नक्सामा नेपालको भूमि अतिक्रमण गरी कालापानी क्षेत्र समावेशलगत्तै सडक निर्माण पनि सुरु गरेको उनले बताइन्। विसं. २०७२ सालमा नेपालमा महाभूकम्प गएका बेला चीन र भारतले लिपुलेक पास हुँदै व्यापारिक मार्ग बनाउने सहमति गरेको तथ्य उनले स्मरण गराएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।