नुवाकोट- डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। टोलीले कार्यालय परिसरबाट नै एक लाखसहित उनलाई पक्राउ गरेको हो।
अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए।
सूर्यगढी गाउँपालिका-५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनका लागि सेवाग्राहीसँग कार्यालय प्रमुख प्रसादले घुस लिएको अभियोग लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।