काठमाडौं– नेपाल विद्यार्थी संघले सीमा मिचिँदा चुप लागेर बसेको सरकारकै कारणले भारतले नेपाली भूमिमा सडक निर्माण गर्न सकेको जनाएको छ। नेपाली भूमि मिचिँदा सरकारको तदारुकता नहुँदा भारतीय कार्यलाई सरकारकै सहयोग भएको आंशका गर्ने ठाउँ रहेको संघले जनाएको छ।
‘चुनावको समयमा राष्ट्रियताका ठूला र खोक्रा नारा दिने यो सरकारको अहिलेको लम्पसारवादी प्रवृत्ति, भारतको मिचाहा प्रवृत्तिभन्दा पनि खतरनाक छ,’ संघका अध्यक्ष राजीव ढुङ्गानाले जारी विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रियताका उग्र कुरा गरी जनता झुक्याई जनताको मत पाएको सरकार सीमा मिचिँदा चुप रहेको संघले आरोप लगाएको छ। जनताको पक्षमा सरकारले भूमिका निर्वाह नगरेको आरोप संघले लगाएको छ। ‘एक शब्द नबोल्ने सरकार पनि नेपाली जनताको सरकार हुन सक्छ र?’ विज्ञप्तिमा भनिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।