अछाम- सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अछामबाट गम्भीर अवस्थाकी सुत्केरी महिलाको उद्धार गरेको छ।
जिल्लाको बयलपाटा अस्पतालमा शनिबार सुत्केरी भएकी रामारोशन गाउँपालिका भटाकटियाकी २४ वर्षीया देउमी साउँदलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएकाे हाे। उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।
उनका अनुसार सुत्केरी भएपछि पेटमा रगत जमेको, रक्तश्राव भएकाे र पिसाब रोकिएपछि साउँदलाई मन्त्रालयको गम्भीर अवस्थाका सुत्केरी महिलाको उद्धार कार्यक्रम अन्तर्गत उद्धार गरी नेपालगञ्ज पठाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।