काठमाडौं- पूर्व परराष्ट्रमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले सिंहदरबारअघि चिनिया नागरिकको प्रदर्शन रहस्यमय भएको बताएका छन्।
शुक्रबार स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सिंहदरबारअघि झन्डै तीन दर्जन चिनिया नागरिकले प्रदर्शन गरेका थिए। प्रदर्शन नियन्त्रण गर्न गएको प्रहरीलाई पनि उनीहरुले आक्रमण गरेका थिए। घम्साघम्सीमा केही प्रहरी र चिनिया नागरिक घाइते समेत भएका थिए।
‘निषेधितक्षेत्र सिंहदरबारअघि प्रदर्शन र प्रहरीलाई आक्रमण गर्ने चिनियाहरुको कार्य शंकास्पद/रहस्यमय छ’, ट्विटरमा थापाले लेखेका छन्, ‘घरजान चाहेको भए चिनियाँ दुतावास अघि प्रदर्शन गर्नुपर्थ्यो। फर्कन चाहने बिदेशीलाई नेपालले रोकेको छैन। विमान चार्टर गरेर विभिन्न देशले आफ्ना नागरिक लगेका छन्। यसवारे सरकारले छानबिन गरोस्।‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।