• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १, २०८३ Tue, Apr 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अध्यादेश र सांसद् अपहरण प्रकरणमा तात्यो संसद्‍, कसले के भने?

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २६, २०७७  २२:१५
1140x725

काठमाडौं- शुक्रबारको प्रतिनिधिसभा बैठकमा अध्यादेश र सांसद अपहरणको विषयलाई लिएर सकारको चर्काे आलोचना भयो। प्रतिनिधिसभाको बैठकमा बोल्ने प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राजेन्द्र महतोले पनि यो प्रकरणमा सरकारको आलोचना गरे।

बैसाख ८ गते सरकारले ल्याएका संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ दुवै अध्यादेश विवादित बने। प्रतिपक्षी दलदेखि सत्तारुढ दलकै नेताहरूले विरोध गरेपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय बैसाख १२ गते गर्‍यो। तर यो प्रकरणमा सरकारले प्रक्रिया नमिलाउँदा अध्यादेशमाथिको बहस साम्य हुन सकेको छैन भने यसको अन्तर्यका विषयमा सत्तारुढदेखि प्रतिपक्षी दलले समेत आशंका गर्न छोडेका छैनन्। 

संसद सञ्चालन नभएको र कोरोना भाइरसको महामारी चलेको समयमा ल्याएको दुई अध्यादेशले सरकारको नियत र गलत कार्यशैली उदाङ्गो भएको आरोप उनीहरुले लगाए। प्रतिनिधि सभाको बैठकमा बोल्ने सत्तापक्षका सांसद तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारको बचाउ गरेका थिए।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादित अध्यादेश ल्याएर लोकतन्त्रविरुद्ध सरकार लागेको आरोप लगाए। 

सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावनाविपरीत दुईवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्रजिम्मेवार चरित्र प्रस्तुत गरेको आरोप देउवाले लगाए।

‘विपक्षीलगायत राजनीतिक दल, संचार माध्यम र समस्त नागरिकसहित सबैले कोरोनाविरुद्धको लडाईंमा एक भएर साथ दिइरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो,’ देउवाले प्रतिनिधि सभामा भने‚ ‘एक सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रुपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्यपूर्ण कार्य हो। म यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कारबाही गर्न माग गर्दछु।’ 

सरकारले नियोजित नियतबाट लोकतन्त्र र संविधानका विरुद्ध गरिरहेको घातबाट वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नुपर्ने परिस्थिति आइपरेको देउवाले दाबी गरे। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले अब पदबाट राजीनामा दिनुपर्ने बताए। समाजवादी जनता पार्टीका नेता भट्टराईले प्रधानमन्त्रीले ओलीले प्रधानमन्त्रीको रुपमा गरेका कार्यका कारण यस्तो अवस्था आएकाले थप क्षति हुन नदिनका लागि पद छोड्न सुझाव दिएका हुन्। 

दल विभाजन गर्ने र संसद् अपहरण गर्ने काममा रहेको भन्दै भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्। ‘रोगले जीर्ण भएको शरीरलाई आराम दिनुपर्छ,’ डा भट्टराईले बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै भने, ‘यो लोकतन्त्र र तपाईं आफ्नै छवि बचाउनका लागि पनि तपााईंले राजीनामा दिनुपर्ने हुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

देशको कार्यकारी पार्टी फुटाउने र संवैधानिक निकाय कब्जा गर्ने काममा लाग्नु लोकतन्त्रका लागि खतरा भएको भट्टराईको भनाइ छ। ‘हाम्रो देशको कार्यकारी नेतृत्व पार्टी फुटाउने र संवैधानिक निकायमा कब्जा गरेर जान सक्छ भन्ने सन्देश प्रवाह भएको छ,’ उनले भने, 'यो लोकतन्त्रका लागि शुभ संकेत होइन। पार्टी फुटाउने अध्योदश किन ल्याउनुपर्‍यो? संवैधानिक व्यवस्थालाई किन भत्काउन खोजियो? यो निकै खतरनाक संकेत हो।’ 

उनले अहिले सरकारको छवि राम्रो नभएको र राजनीतिमा सबै भ्रष्ट, पदलोलुप भन्ने बिम्ब बनेको बताए। सांसद अपहरण गरेको विषयको जाहेरी समेत नलिएको भन्दै उनले रातारात सांसद र पूर्व प्रहरी प्रमुख किन जानुपर्‍यो? भनी प्रश्न समेत गरे। 

‘सांसदलाई रातारात किन ल्याउनुपर्‍यो?,’ उनले भने, ‘सांसद र पूर्व प्रहरी प्रमुख किन राती राती जानुपर्‍यो? एउटा जाहेरी पनि नलिने भन्ने हुन्छ? किन लिनुहुन्न भन्दा उहाँ म लिन्नँ भन्नुहुन्छ। उहाँ आतंकित बनाउनुहुन्छ। यसरी आतंकित बनाएर, संघसंस्था भत्काएर देश बन्छ? तपाईंले पनि मुद्दा फिर्ता लिनुहोस, हामी पनि लिन्छौं भन्ने? यही हो लोकतन्त्र?’

सजपाका अर्का नेता राजेन्द्र महत्तोले प्रधानमन्त्रीको शैलीमाथि प्रश्न उठाए । सरकार पद बचाउन अध्यादेश र पार्टी विभाजनमा लागेको  आरोप उनले लगाए। ‘यो के हो? महामारीमा जनता बचाउन ऊर्जा लगाउनुपर्नेमा कता ऊर्जा खर्च गरिरहेको छ सरकार? ’ उनले प्रश्न उठाए‚ ‘रातारात यी दुई अध्यादेश किन आयो? लोकतन्त्र, पार्टी र जनतालाई बलियो बनाउन हो?’ जनताले उपाचार पाएको छैन। तर सरकार भने अर्को धन्दामा लागेको आरोप उनले लगाए।

‘यो धन्दा यही बेलामा गर्ने हो? यो धन्दामा सरकारलाई गर्न सुहाउँछ?’ उनले प्रश्न गरे‚ ‘कुर्सी जोगाउन र पाउनका किन लागि संकटको समयमा सरकारले यस्तो गर्न मिल्छ? तर सत्तापक्षबाट बोलेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारको बचाउ गरे। उनले सांसद अपहरणको बारेमा यथार्थ जानकारी आउनुपर्ने बताए।

सरकारले यथोचित कार्य गरिहरेको दाबीसमेत गरे। ‘संसद अपहरणको कुरा के हो त्यो अब यथार्थ बाहिर आउनैपर्दछ,’ उनले भने‚ ‘मलाई विश्वास छ, संसद चल्दाचल्दैको अवस्थामा यथार्थ कुरा आउँछ। हामी कुनै पनि अपराधको पक्षमा छैनौं। हाम्रो दलले संविधान निर्माण गर्दा नेतृत्वदायी भूमिका निभाएको थियो र कार्यान्वयमा पनि त्यही भूमिकामा थियो।’  अहिले सबै दलहरु एक ठाउँमा आउनुपर्ने पनि उनले बताए।

कोरोना भाइरसमा सरकार सफल भएको दाबी उनले गरे। उनले सरकारले समयमै सचेत भएर लकडाउन गर्दा संक्रमितको संख्या कम भएको दाबीसमेत गरे। उनीभन्दा अघि देउवाले सरकारको कार्यशैलीको विरोध गरेपनि नेम्वाङले त्यसको जवाफ दिएनन्। कोरोनाको बारेमा यो अधिवेशनले सम्बोधन गर्ने दाबी उनले गरे।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  २२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता
सम्बन्धित सामग्री
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग आज छलफल गर्दै उनले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न... सोमबार, चैत ३०, २०८२
परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता मोरिसस भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको... सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् गृहमन्त्रीको सम्पत्तिमाथि उठेका प्रश्न र उनले 'गरिब भएर मर्नु पो गल्ती' भनेर दिएको जवाफलाई लक्षित गर्दै बमले यस्तो सुझाव दिएकी हुन्... सोमबार, चैत ३०, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी मंगलबार, वैशाख १, २०८३
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्