• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

टर्किस संगीतकर्मीहरु,  जो गीत गाउँदा जीवन त्याग्न अभिशप्त छन्

64x64
प्रदीप खद्योत शनिबार, वैशाख २७, २०७७  ११:१२
1140x725

काठमाडौं-'ग्रुप योरूम' टर्कीको एउटा त्यस्तो ब्याण्ड हो, जो क्रान्तिकारी धारका गीत-संगीतको माध्यमबाट जनस्तरमा क्रान्तिकारी चेतना ल्याउन सन् १९८५ देखि निरन्तर लागिरहेको छ।

ब्यान्डमा टर्किस र कुर्दिस सदस्यहरु छन्। सबैजना स्वतन्त्रताका लागि गरेको संघर्ष, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र दैनिक मजदुरी गर्नेहरुको पक्षमा गीत लेख्छन्, गाउँछन्।

तर, यही ब्याण्डमाथि सरकारकाे गिद्देनजर छ। ब्याण्डका गीत-संगीतबाट मानिसमा क्रान्तिको भावना जागृत हुने र आफ्नाे शासन डग्मगाउने डरले सरकारले याे ब्याण्डमाथि सन् २०१६ देखि नै धरपकडको शैली अपनाउँदै आएको छ।

 

उनीहरूका सांगीतिक समारोहमै गएर कलाकारलाई पक्रने‚ विभिन्न कार्यक्रम नै सञ्चालन गर्न नदिनेदेखि विभिन्न तवरले दमन गर्दै आएको छ टर्किस सरकार। त्यसैको विरोधमा ब्याण्डका सदस्यहरूले भोक हड्ताल गरेका थिए। ब्याण्डकै दुई सक्रिय सदस्य हेलिन बोलेक र इब्राहिम गोसेकले पनि भाेकहडताल गरे। त्यसमध्ये ब्याण्डका दोस्रो सदस्यको पनि बिहीबार मृत्यु भएको छ।

इब्राहिम गोसेक सन् १९८० मा टर्कीमा जन्मिए। उनले युवा उमेरमै टर्कीको क्रान्तिकारी सांगितिक समूह (ब्याण्ड) ‘ग्रुप योरूम’मा सामेल हुने निर्णय गरे। सो ब्याण्डसँग सम्बन्धित भएर विभिन्न ठाउँहरूमा सांगितिक समारोह गर्दै क्रान्तिकारी धारका गीत संग‍ीतका माध्यमबाट समाजको जनचेतनालाई उकास्ने उनको उद्देश्य थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सोहीक्रममा सन् २०१६ नोभेम्बरमा टर्किस प्रहरीले ब्याण्डका अन्य ७ सदस्यलाई प्रहरीको निर्देशन उल्लंघन गरेको आरोपमा इस्तानबुलबाट पक्राउ गरेको थियो। त्यहीँबाट सुरू भएको थियो यो सिलसिला। 

त्यसपछि पनि उनीहरूका विभिन्न कार्यक्रम स्थगित गर्नेदेखि ब्याण्डका विभिन्न सदस्यहरूलाई धरपकडसम्म प्रहरीले गर्दै आएको थियो। सन् २०१९ मेमा प्रहरीले इब्राहिमलाई पनि बन्दी बनायाे। सरकारले यस्तै गीत गाएकै भरमा आफ्ना ब्याण्डका विभिन्न सदस्यहरूलाई पक्राउ गर्न थालेपछि अभिव्यक्ति स्वतन्त्रताको विरूद्धमा देखिएको सरकारको रवैयाविरूद्ध उनले जेलभित्रबाटै सन् २०१९ जुनमा भोक हड्ताल सुरू गरे।

सरकारले 'ग्रुप योरूम' माथि सांगितिक कार्यक्रमहरू सञ्चालन गर्न प्रतिबन्ध लगाउँदै आएको छ। त्यो फुकुवा हुनुपर्ने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै उनीहरू भोक हड्तालमा उत्रिएका थिए। 

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ज्यानको बाजी थाप्न तयार २८ वर्षीया हेलिन बोलेक र र ४१ वर्षीय इब्राहिम गोसेक

त्यसपछि हेलिन बोलेक र अर्का सदस्य बहर कुर्तलाई सरकारले २०१९ को नाेभेम्बरमा रिहा गर्‍याे। तर पनि उनीहरूले भोक हड्ताल जारी नै राखे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हड्ताल भइरहँदा पनि सरकारले विभिन्न ठाउँबाट उनीहरूका सदस्यलाई पक्राउ गरिरहेको थियो। बोलेक भोक हड्तालमा उत्रिएको २ सय ८८ दिनपछि गत अप्रिल ३ मा उनको मृत्यु भयाे। यसबाट विश्व नै एक किसिमले तरङ्गित भयाे। तै पनि टर्किस सरकारले ग्रुप योरूमको प्रतिबन्ध फुकुवा गरेन।

भोक हड्तालको २ सय ८८ औं दिनमा सहादत प्राप्त गरेकी हेलिन बोलेकको शवलाई अन्त्येष्टिका लागि लगिँदै

अझ सरकारविरोधी क्रान्तिकारी जनमुक्ति पार्टी (डिएचकेपी/सी)सँग सम्बन्धित भएर विभिन्न सांगितिक क्रियाकलाप गरेको भन्दै टर्किस सरकारले बारम्बार उनीहरूमाथि धरपकड गरिरहेकाे थियो। इब्राहम गोसेकको भोक हड्ताल जारी थियो। इब्राहमले गत मे ५ मा ब्याण्ड‚ आम स्रोता र दर्शकको निरन्तरको अनुरोधपछि ३ सय २३ औं दिनमा भोक हड्ताल अन्त्य भएको घोषणा गरे।  उनलाई इन्टेन्सिभ केयरमा राखियाे र दुई दिनपछि मे ७ मा उनको मृत्यु भयाे। ब्याण्डले बिहीबार पनि उक्त ग्रुपका ४१ वर्षीय गिटारिस्ट इब्राहम गोसेकको मृत्यु भएको जनाएको छ। 

इस्तानबुलमा सन् १९८५ बाट सुरू भएको यो ब्याण्ड विश्वमा एक क्रान्तिकारी ब्याण्डको नामले चर्चित छ। प्रतिबन्धित पार्टी डिएचकेपी/सीसँग सम्बन्धित गीतहरू गाएको भन्दै त्यहाँको सरकारले उनीहरूविरूद्ध क्रुर निर्णय लिँदै आएको छ। उक्त पार्टीलाई टर्कीसहित युरोपेली युनियन र अमेरिकाले आतङ्ककारी संगठन भनेर घोषणा नै गरिसकेका छन्।

संगीत अध्येताहरूका अनुसार योरुमका गीत र सिनेमा टर्कीमा सर्वाधिक लोकप्रिय कला उत्पादनका रूपमा प्रसिद्ध छन् । उनीहरूका गीत टर्कीको इतिहासमै सबैभन्दा बढी खोजिने र सबैभन्दा धेरै बिक्री हुनेभित्र पर्छन् । अहिलेसम्म ग्रुप योरुमले २३ वटा सांगीतिक एल्बमहरू ल्याइसकेको छ।

यो ब्यान्डले १० जना निर्देशक रहेर टर्कीको जेल–जीवनसँग सम्बन्धित सिनेमा निर्माण गरेको छ, जुन टर्कीभित्र र बाहिरसमेत हजारौं दर्शकले रुचाएका थिए । तर, टर्की सरकारले उनीहरूको सिनेमा प्रदर्शनमा पनि प्रतिबन्ध लगाएको छ। योरुमलाई नयाँ सिनेमा निर्माणका लागि सुटिङ गर्न र चयन गरेको लोकेसनमा काम गर्न पनि बन्देज गरिएको छ। ब्याण्डलाई सरकारले कहिले छापा मार्ने त कहिले कार्यक्रमस्थलमै गएर अवरोध गर्नेजस्ता काम गर्दै दु:ख दिँदै आएकाे छ। 

उनीहरूको लडाइँ नागरिकको संगीत र अभिव्यक्ति स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेपविरूद्ध हाे। 

मानिसमा क्रान्तिकारी चेतना ल्याउने दृष्टिकोणले ओतप्रोत भएका उनीहरूका गीतलाई त्यहाँको सरकारको आँखा लाग्यो। उनीहरूको यस्ता क्रान्तिकारी धारका गीतबाट कतै सरकार नै डगमगाउने त होइन भन्ने डरले विभिन्न लाञ्छना लगाएर निरन्तर रूपमा ब्याण्डका सदस्यमाथि अत्याचार गरिए। 

In Defense of Communism: Solidarity with Grup Yorum band members ...
ग्रुप योरूमद्वारा टर्कीमा आयाेजित एक सांगीतिक समारोह

राष्ट्रपति रेसेप इर्दोगानले सन् २०१४ मा सत्ता सम्हालेयता टर्कीमा अभिव्यक्ति स्वतन्त्रता डरलाग्दो गरी संकुचित भएको छ। रिपोर्ट्स विदाउट बोर्डसले त टर्कीलाई पत्रकारहरूका लागि ‘संसारकै ठूलो कारागार’ भनेको थियो। इर्दोगानले घोषणै गरेका थिए, ‘लोकतन्त्र र स्वतन्त्रताको टर्कीमा कुनै पनि मूल्य छैन ।’ पत्रकार र अधिकारकर्मीहरूको एक भेलामा उनले पत्रकार र बौद्धिकवर्गहरूलाई समेत आतंककारीको परिभाषामा ल्याउनुपर्ने जिकिर गर्दै भनेका थिए, ‘बन्दुकको ट्रिगर तान्नेहरू मात्रै होइनन्, जसले त्यस्ता सम्भावना निर्माण गर्छन्, उनीहरूलाई पनि आतंककारीकै रूपमा परिभाषित गर्नुपर्छ, चाहे तिनीहरू जेसुकै उपाधिका होउन् ।’ इर्दोगानको यही अभिव्यक्तिपछि इस्तानबुलको कला जगतमाथि सरकारी व्यवहार झन् क्रुर हुँदै गएको हो। त्यसको पछिल्लो परिणाम हेलेन बोलेक र इब्राहम गोसेकको सहादत हो ।

टर्किस भाषामा योरूमको अर्थ हुन्छ विवेचना अर्थात् टिप्पणी। गीत-संगीतमार्फत् जनचेतना फैलाउन प्रेरित भएर उनीहरूका कार्यक्रम सञ्चालन गरिन्थे। कतिपय स्थितिमा उनीहरूले सित्तैमा भव्य सांगितिक समारोह (कन्सर्ट) आयोजना गर्थे। अहिलेसम्म ग्रुप योरूमका २३ वटा विभिन्न सांगीतिक एल्बम छन्। टर्कीको जेलजीवन कति कष्टकर छ भनेर देखाइएको एउटा चलचित्रसमेत यो ब्याण्डले निर्माण गरेको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रदीप खद्योत
लेखकबाट थप
ट्रम्पको अप्रिय बहिर्गमन
अमेरिकी उपराष्ट्रपतिमा जितेकी कमला ह्यारिस को हुन्?
कोभिड-१९ : 'फल्स पोजेटिभ रिपोर्ट'पछि तनावग्रस्त मेरा चार दिन
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्