• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ट्रम्पको अप्रिय बहिर्गमन

64x64
प्रदीप खद्योत बुधबार, माघ ७, २०७७  ०६:२५
1140x725
सन् २०२१ जनवरी १२ मा राष्ट्रपति ट्रम्प ह्वाइट हाउसको मरिन वनतर्फ प्रस्थान गर्नेक्रममा। -तस्बिर : ड्र्यू एङ्गरर

वासिंटन डिसी (अमेरिका)- अमेरिकाका निर्वाचित-राष्ट्रपति जो बाइडेनको सपथ समारोह (इन्यागुरेसन सेरेमोनी) बुधबार (आज) हुँदैछ। ह्वाइट हाउसबाट राष्ट्रपति डोनाल्ड ट्रम्पको बहिर्गमन र राष्ट्रपतिमा निर्वाचित बाइडेनको आगमनका अवसरमा अमेरिकाले कस्तो समारोह सञ्चालन गर्नेछ भन्ने विषयतिरै सबैको ध्यान तानिएको छ। 

त्यसमाथि अमेरिका विश्वकै शक्तिराष्ट्र भएकाले पनि सबैको ध्यान त्यता जानु स्वाभाविक हो। अमेरिकामा नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्दा सामान्य चर्चा विगतकै निरन्तरता हो। तर यसपटक भने माहोल विगतभन्दा केही फरक छ। राष्ट्रपति ट्रम्पका पछिल्ला अभिव्यक्ति र ट्विटहरूले कम्तीमा पनि के प्रमाणित गर्छन् भने ट्रम्पका लागि यो प्रियप्रद बहिर्गमन होइन। उनलाई निर्वाचनको धङधङीले अझै छोडेको छैन। चुनावमा हारेका ट्रम्पले नागरिक उत्तेजित बनाइरहेका छन् भने सञ्चारमाध्यमका भित्ता र स्क्रिन रंग्याइरहेका छन्। यसअघिका राष्ट्रपतिहरूले पदावधि सकिने बेला यति साह्रै उत्तेजना फैलाउने गतिविधि गरेका थिएनन्। नयाँका सपथ ग्रहणका कार्यक्रम भव्य हुन्थे, पुरानाको बिदाइ शान्तिपूर्ण हुन्थे।

जनवरी ६ मा ट्रम्पले आफ्ना समर्थकहरूलाई वासिंटन डिसीमा आउन र संसदलाई चुनौती दिन भन्दै विवादास्पद अभिव्यक्ति दिए। त्यसअनुरूप अमेरिकी संसदमा अहिलेसम्म नभएको हंगामा हुन पुग्यो। 

राष्ट्रपतिको पद आफैँमा गरिमामय पद हो। यस्तो पदमा आसीन भएपछि व्यक्तिले व्यक्तिगत मर्यादाका साथै पदीय मर्यादाको समेत ख्याल गर्नुपर्नेमा अझ उल्टै आफ्ना समर्थकलाई भड्काएर संसदलाई नै चुनौती दिने कार्यले विश्व समुदायमा राम्रो सन्देश नगएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

विवादै विवादका बीच बाहिरिन लागेका राष्ट्रपति ट्रम्पको ह्वाइट हाउस आगमन भने अहिलेको भन्दा पूर्णतः फरक थियो। 

US President Donald Trump arrives for the inauguration ceremonies swearing him in as the 45th president of the United States in Washington on Jan 20, 2017.

सन् २०१७ जनवरी २० मा राष्ट्रपति ट्रम्पको ह्वाइट हाउस आगमन समारोह।

चार वर्षअघि सन् २०१७ जनवरी २० मा ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको रूपमा सपथ लिएका थिए। सो अवसरमा प्रेस सेक्रेटरी सिन स्पाइसरले ट्रम्पको सपथ ग्रहण समारोहमा बाराक ओबामाले सपथ लिएको समयमा भन्दा कम मानिस भेला भएको विवादास्पद रिपोर्ट सार्वजनिक गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

000

कार्यभार सम्हालेलगत्तै जनवरी २९ मा राष्ट्रपति ट्रम्पले सात वटा मुस्लिम बहुल देशका आप्रवासी नागरिकलाई प्रतिबन्ध गरे। जसबाट उनी विवादको घेरोमा तानिए।

त्यसपछि अप्रिल ६ मा ट्रम्प प्रशासनले सिरियन एयर बेसमा सिरियाका राष्ट्रपति बसर अल-असद रहेको भन्दै रसायनिक हतियारसहितको मिसाइल आक्रमण गरेको थियो। मे ९ मा राष्ट्रपति ट्रम्पले रूस र ट्रम्पको सम्बन्धका बारेमा अनुसन्धान गरेको भन्दै एफबिआईका प्रमुख जेम्स कोमेलाई पदबाट बर्खास्त गरिदिए।

Xtrem

Xtrem

जुन १ मा २०१५ ‘पेरिस क्लाइमेट एग्रिमेन्ट’बाट औपचारिक रूपमा बाहिरिएका थिए। त्यसबेला हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्नेसमेत बताएका थिए। 

त्यस्तै जुलाई ७ मा जर्मनीमा आयोजना गरिएको जी-२० देशका नेताहरू सम्मिलित बैठकमा ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक भेटवार्ता भएको थियो। त्यस्तै डिसेम्बर ६ मा राष्ट्रपति ट्रम्पले इजरायलको राजधानी जेरूसेलम भएको भनी विवादास्पद अभिव्यक्ति दिएपछि पुनः उनी विवादमा तानिएका थिए।

ट्रम्पले सन् २०१८ मार्च १-अप्रिल ३ मा चिनियाँ स्टिल तथा आलमुनियमलाई ३०-५० प्रतिशत कर लगाउने निर्णयसँगै चीनसँग ( व्यापार) ट्रेड वार सुरू गरेका थिए। पछि चीनबाट ल्याइएका हरेक सामग्रीमा सो कर लगाउन थालिएको थियो।

जुन १२ मा राष्ट्रपति ट्रम्पले कोरियाली युद्धपछि पहिलो पटक कोरियाली राष्ट्रपति किम जोङ उनसँग सिंगापुरमा भेटेका थिए। सो वार्तामा आणविक निशस्त्रीकरण गर्ने विषयमा सहमति भएको थियो। 

सन् २०१९ जनवरी २५ मा मेक्सिको-अमेरिकाको बोर्डरमा पर्खाल निर्माण गर्नका लागि राष्ट्रपति ट्रम्पले ५.७ बिलियन अमेरिकी डलर आवश्यक भएको बताएका थिए। यो उनको चुनावी नारा थियो। उनले यतिसम्म भनेका थिए कि मेक्सिकोकाे सीमामा पर्खाल लगाउँदा हुने खर्च मेक्सिकोले नै व्यहोर्नुपर्ने बताएका थिए। उनको कार्यकालभरमा यो विषयमा खास प्रगति भएन। 

जनवरी ३० मा उनले पुनः उत्तर कोरियाली राष्ट्रपति किमसँग उत्तर कोरियामा भेट गरेका थिए। त्यसपछि विभिन्न निर्णय भए पनि उत्तर कोरियाले मिसाइल परीक्षणलाई निरन्तरता दिएको थियो। यसबाट के भन्न सकिन्छ भने दुई नेताहरूको भेट फलदायी भएन। 

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनसँग ट्रम्पको भेट।

डिसेम्बर १८ मा ट्रम्पलाई शक्तिको दुरूपयोग गरेको भन्दै महाअभियोग लागेको थियो। 

त्यस्तै सन् २०२० जनवरी ३ मा इरानका जनरल कासेम सोलेमनीमाथि इराकको बग्दादस्थित अमेरिकी राजदूतावासमा विस्फोट गराएको आरोपमा ड्रोन आक्रमण गरिएको थियो।

सन् २०२० को मे ११ मा ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा एक चिनियाँ मूलकी अमेरिकी पत्रकारले प्रश्न सोधेपछि डोनाल्ड ट्रम्प आक्रोशित भएका थिए। पत्रकार वेजिया चियाङले ट्रम्पलाई 'कोरोना भाइरस संक्रमणको परीक्षणलाई किन सधैं अरु देशको परीक्षणसँग तुलना गरेको? दैनिक हजारौं नागरिकले ज्यान गुमाइराख्दा यस विषयलाई विश्व प्रतिस्पर्धाका रुपमा हेर्नुको के अर्थ?' भन्ने प्रश्न सोधेकी थिइन्।

यस्तो प्रश्नमा ट्रम्पले ‘यस्तो अनावश्यक प्रश्न चीनलाई सोध्नू’ भनी जवाफ फर्काएका थिए।

त्यस्तै मे २५ मा अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा एक निहत्था अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडलाई प्रहरीले शारीरिक यातना दिएर हत्या गरेको थियो। त्यसविरूद्धमा विभिन्न अमेरिकी सहरहरूमा विशाल प्रदर्शन भएको थियो।  

यो पनि पढ्नुहोस्

अमेरिकामा नश्लीय विभेदले निम्त्याएको आँधीसोमबार, जेठ १९, २०७७

जुलाई ६ मा कोरोना भाइरसको गलत तथ्यांक सार्वजनिक गरेको भन्दै अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई गर्दै आएको सहयोगबाट बाहिरिने नोटिस जारी गरेको थियो।

नोभेम्बर ७ मा राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको निर्वाचनमा हार व्यहोर्नुपर्‍यो। त्यसपछि ट्रम्पले उक्त मत परिणामलाई अस्वीकार गरे।

ट्रम्पका विवादित चार वर्ष
चार वर्षअघि ४५औं राष्ट्रपतिको रूपमा ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पका लागि उडेका थिए। 

त्यो दृश्य बडो आकर्षक र भावुक पनि थियो। उनलाई त्यहाँबाट गरिएको बिदाइको यो एक दृश्यमा धेरै क्यामेराका फोकल लेन्सहरु उनीतर्फै तेर्सिएका थिए। प्रत्यक्ष प्रसारण हेर्ने दर्शक पनि त्यो दृश्यले भावुक थिए। त्यस समय ओबामालाई यसरी भव्य समारोहबीच बिदाइ गरेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटक भने त्यसरी बिदाइ नलिने भएका छन्। उनले आफू राष्ट्रपति जो बाइडेनको सपथ समारोह (इन्यागुरेसन सेरेमनी) मा सहभागीसमेत नहुने बताएका छन्। राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई  चुनावमा धाँधली गरेर जितेको भन्दै बधाईसम्म पनि दिएका छैनन्।

सन् २०१७ जनवरी २० मा तत्कालीन अमेरिकी राष्ट्रपति ओबामाले शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने क्रममा ओभल अफिसको एक घर्रामा एउटा हस्तलिखित पत्रमा यस्तो लेखेर छाडेका थिए, ‘यो एक अद्वितीय र अतुलनीय कार्यालयमा मजस्तो एक सामान्य व्यक्तिलाई पनि काम गर्ने मौका मिल्यो, जुन हामीहरुको लागि ठूलो सौभाग्य हो।’ उनले लेखेको सो पत्रमा कानुनी राज्य, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिकको सर्वोच्चतालाई सदैव आत्मसात गर्नुपर्दछ भनी उल्लेख गरिएको छ। तर नागरिक सर्वोच्चताको ओबामाको सो उद्गार अहिलेका राष्ट्रपति ट्रम्पबाट भने आउनेजस्तो प्रायः देखिँदैन। बरु त्यो सर्वोच्चता भत्किएको अवस्था देखिँदैछ। 

गएको जनवरी ६ मा राष्ट्रपति ट्रम्पकै समर्थकद्वारा मुलुकको संसद भवन क्यापिटल हिलमा भएको आक्रमणले नागरिक सर्वोच्चतामाथिको राष्ट्रपतिको निष्ठामाथि नै सन्देह पैदा गर्नुका साथै अमेरिकी इतिहासका लागि एउटा ठूलो प्रश्न चिह्न खडा गरिदिएको छ। बिदाइ समारोहलाई कसरी राम्रो र आकर्षक बनाउने र आफूले बहिर्गमनअघिको अवस्थाको राम्रो जस कसरी लिने भनेर तयारी गर्नुपर्ने बेलामा आज उनी महाभियोग र आफ्नै पार्टीको समेत विरोधको सामना गरिरहेका छन्। 

अमेरिकाको इतिहासमा कमाण्डर इन चिफका समर्थकहरुले संघीय रुपले निषेधित क्षेत्रमा प्रवेश गरेर तोडफोड गर्ने र जनताको मतबाट चुनिएका प्रतिनिधिहरुमाथि धावा बोलिएको भन्दै रिपब्लिकन पार्टीभित्रै आलोचना भएको छ। 

यसकारण राष्ट्रपतिका बफादार मन्त्रीहरु र रिपब्लिकन पार्टी आबद्ध अन्य वरिष्ठ अधिकारीहरुले कार्यकाल नसकिँदै राजीनामा पनि दिएका छन्। देशका वरिष्ठ सैन्य अधिकारीहरुले पनि हिंसाको विरोध गरेका छन्। राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणामलाई अस्वीकार गर्दै निर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाइसमेत नदिएको अवस्थामा सैन्य जर्नेलहरुले बुधबार अमेरिकाको ४६ औँ कमाण्डर इन चिफको रुपमा निर्वाचित राष्ट्रपति जो बाइडनेको सपथ समारोहको दिन पूर्ण सुरक्षा दिने बताएका छन्। 

राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लिकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोधसमेत गरेका थिए।  

बुधबार अमेरिकाको राष्ट्रपति पदको सपथ लिन लागेका बाइडेनले उक्त हिंसालाई एउटा राज्य विद्रोहको संज्ञा दिएका छन्। महाअभियोग बोकेर फर्किँदै गर्दा राष्ट्रपति ट्रम्पमाथि अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले दोस्रोपटक पनि महाभियोग प्रस्ताव पारित गरिसकेको छ। यसरी ट्रम्प अमेरिकी इतिहासमै दुईपटकसम्म महाअभियोग लाग्ने पहिलो राष्ट्रपति पनि बनेका छन्।

शपथ ग्रहण समारोह

अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि उनीविरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदहरूले महाअभियोग प्रस्ताव प्रस्तुत गरेका थिए। महाअभियोगको सार्वजनिक मत परिणामअनुसार प्रस्तावको पक्षमा दुई सय ३२ मत परेको छ। महाअभियोग लगाउन दुई सय १७ मत आवश्यक थियो। त्योबेला राष्ट्रपति ट्रम्पकै रिपब्लिकन दलका १० सांसदले महाअभियोगको पक्षमा मतदान गरेका थिए। 

यस प्रयोजनका लागि सिनेटमा कम्तीमा पनि १७ जना रिपब्लिकन सिनेटर ट्रम्पको विपक्षमा अर्थात् महाअभियोगको पक्षमा उभिनुपर्नेछ। तर, यो सम्भावना भने निकै कम देखिन्छ। बुधबार उनको बहिर्गमनको दिन भएकाले सिनेटले पनि यस विषयमा अब मतदान नगर्ला।

लोकतान्त्रिक मूल्य मान्यता र प्रजातान्त्रिक संस्कार अमेरिकीले कसरी ग्रहण गर्छन् र तेस्रो विश्वलाई सिकाउँछन् भन्ने प्रश्न पनि अब अमेरिकीहरुले सामना गर्नुपर्ने हुनसक्छ। यी सबै प्रश्नहरु कति आफूसँग, कतिपय अमेरिकी जनताको मन मष्तिष्कमा र केही ह्वाइट हाउसमै थाँती राखेर फर्कँदैछन् राष्ट्रपति ट्रम्प।

‘ओभल अफिस’को घर्रामा बाराक ओबामाले हातैले लेखेको अनुभव मिश्रित चिठीमा जस्तो नागरिक सर्वोच्चताको सम्मानको भाषा भने सायद उनको अनुभव पत्रमा नपर्न सक्छ।

आजका नागरिकका अभिव्यक्ति स्वतन्त्रताका सारथी बनेका फेसबुक‚ ट्वीटरलगायतका सामाजिक सञ्जालहरुले उनका अभिव्यक्तिलाई असामाजिक भनेर प्रतिबन्धित गरिसकेका छन्। जसका कारण लगभग घण्टा-घण्टामा सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्ने गरिएको उनको ट्विटर अकाउन्टमा आफू ह्वाइट हाउसबाट निस्किन लागेको तस्वीर पोष्ट गर्ने स्थान पनि अहिलेलाई उनले सुरक्षित राख्न सकेनन्। यसैले अमेरिकी इतिहासमै यो एउटा नयाँ प्रकारको सत्ता ‘शक्ति’ हस्तान्तरणको उदाहरणका रुपमा रहने आँकलन गर्न सकिन्छ।

कसरी हुन्छ बाइडेनको सपथ ग्रहण?

सुरक्षाका दृष्टिकोणले चुस्त पारिएको सपथ ग्रहण कार्यक्रम सधैं झैँ भव्य हुने आँकलन गरिएको छ। सपथ ग्रहणको सुरूवाती भाषण स्थानीय समयानुसार दिउँसो ११:३० मा हुने भएकाले राष्ट्रपति निर्वाचित बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसको सपथ ग्रहण १२ बजेको आसपास हुनेछ। 

यो पनि पढ्नुहोस्

अमेरिकी उपराष्ट्रपतिमा जितेकी कमला ह्यारिस को हुन्?आइतबार, कात्तिक २३, २०७७

कार्यक्रमलाई सुरक्षागत दृष्टिले मजबुत राख्नका लागि १० हजार अमेरिकी सैनिक तैनाथ गरिनेछ। यसअघि ट्रम्पको सपथ ग्रहण कार्यक्रममा भने ८ हजार सैनिक थिए। बाइडेनले सपथ ग्रहण लिएको समयमा वासिंटन डिसीमा आपतकाल (इमरजेन्सी) लगाइने भएको छ। गत जुन ६ मा भएको क्यापिटल हमलापछि यस्तो इमरजेन्सी लागू गर्न इन्यागुरेसन कमिटीका सदस्य सिनेटर एमी क्लोबासरले आदेश दिएका थिए।

सामान्यतया सपथ ग्रहण कार्यक्रममा भौतिक रूपमा नै परेड खेल्ने गर्छन् तर यसपटक भने कोभिड-१९ का कारण पेन्सिलभेनियादेखि ह्वाइट हाउसम्म परेड नगरेर भर्चुअल रूपमा अमेरिकाभरि देखाइने बताइएको छ। यसपछि अमेरिकाका निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई ह्वाइट हाउसमा लगिनेछ। 

सपथ ग्रहण कार्यक्रममा विश्व विख्यात कलाकारले आफ्नो प्रस्तुतिसमेत दिने गर्दछन्। 

-एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  ०६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रदीप खद्योत
लेखकबाट थप
ट्रम्पको अप्रिय बहिर्गमन
अमेरिकी उपराष्ट्रपतिमा जितेकी कमला ह्यारिस को हुन्?
कोभिड-१९ : 'फल्स पोजेटिभ रिपोर्ट'पछि तनावग्रस्त मेरा चार दिन
सम्बन्धित सामग्री
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य फ्लाई दुबईको एफजेड१०७३ उडानमा भएको घटनाको कारण, परिस्थिति र उद्देश्य पत्ता लगाउन यूएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल–शम्सीले विश... बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले... बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए दुबईबाट इजरायलका लागि उडेको फ्लाईदुबईको विमानमा सहपाइलटले कप्तानमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेको आरोप लागेको... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्