काठमाडौं- सिंहदरवार घेरेका ३२ चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २१ पुरुष र ११ महिला छन्। स्वदेश फर्कन पाउनुपर्ने मागसहित सिंहदरवार घेर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
सिंहदरवार घेरेका उनीहरुलाई हटाउने क्रममा चिनियाँ नागरिकले सुरक्षाकर्मीमाथि समेत ढुंगामुढा प्रहार गरेका थिए। सो क्रममा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत सामान्य घाइते भएका छन्। यस्तै ४ जना चिनियाँ नागरिक पनि घाइते भएका छन्।
आफूहरु स्वेदश फिर्ता हुन पाउनुपर्ने भन्दै सिंहदरवारको पश्चिम गेटमा धर्ना दिएका थिए। यसअघि पनि उनीहरू स्वदेश फिर्ता हुन पाउनुपर्ने भन्दै नेपालस्थित चिनियाँ दूतावास र पर्यटन बोर्डसमेत पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।