काठमाडौं- नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम बनाउन सुरु गरेको छ। बोर्डले आगामी आर्थिक २०७७/७८ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमको मस्यौदा बनाउने कार्य गरिरहेको हो।
मस्यौदा बनाउने क्रममा बोर्डले सरोकारवाला पक्षहरुसँग समेत सल्लाह सुझाव माग गरेको छ। बाेर्डले उक्त सुझावलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने छ। नेपाल धितोपत्र तथा वस्तु विनियम बजारको विकास तथा विस्तारका लागि बोर्डले नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्दै बजारलाई स्वच्छ, दिगो, पारदर्शी र अत्याधुनिक बनाउँदै लैजानुपर्ने अवस्था रहेको बोर्डले जनाएको छ।
सम्बन्धित सबै सरोकारवालहरुले बजारको विकास विस्तार तथा सुधारका लागि आफ्नो सल्लाह तथा सुझाव जेठ ९ गतेसम्म पेश गर्न सक्ने छन्। बोर्डले हरेक वर्ष यसैगरी नीति तथा कार्यक्रम बनाउनु अगाडि सल्लाह सुझाव माग गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।