काठमाडौं– कोराेना भाइरसका कारण प्रत्यक्ष मारका परेको पर्यटन गतिविधिलाई चलायमान बनाउन सरकारले होमस्टेको विकाससँगै फार्म (कृषि) टुरिजमको अवधारणा अगाडि बढाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटमा यो विषयलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ।
‘आन्तरिक पर्यटनको प्रवर्द्धन गर्दै ग्रामीण पर्यटन र स्थानीय उत्पादनको विकासमा जोड दिन होमस्टेको विकास पहिलो प्राथमिकता बजेटमा छ,’ मन्त्री भट्टराईले भने, ‘होमस्टेसँगै प्राकृतिक मनोरञ्जनका लागि फार्म टुरिजमकाे विषयसमेत अगाडि सारेका छौं।’
कोरोना भाइरसकै कारण तत्काल नै विदेशी पर्यटकको चाप हुने अवस्था नहुँदा आन्तरिक पर्यटनमा बढी जोड दिने उनको भनाइ छ। आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘बिदा पर्यटन’को विषयमा पनि छलफल सुरु भएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।