काठमाडौं- काठमाडौंको गौशालामा मित्रपार्क तर्फबाट आउँदै गरेको कार विपरीत दिशाबाट आउँदै गरेको एम्बुलेन्ससँग ठोक्किएको छ। दिउँसो करिब साढे ३ बजेतिर बा १० च ८५१३ नम्बर को निजी कार र बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्स एकआपसमा ठक्कर खाएका हुन्।
उक्त घटनामा निजी कार चालक सामान्य घाईते भएको र दुवै सवारी साधनमा क्षति भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।
गोंगबु बस्ने २९ वर्षीय सविन श्रेष्ठले चलाएको कारलाई मोरङ पथरी नगरपालिका बस्ने ३६ वर्षीय रामबहादुर चौधरीले चलाएको एम्बुलेन्सले ठक्कर दिएको थियो।
एम्बुलेन्स चालक चौधरीले मादक पदार्थ सेवन गरी चलाएको साथै सवारी चालक अनुमति (लाईसेन्स) पनि नभएको प्रहरीले जनाएको छ।
दुवै सवारी साधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशालाको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।