Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

डडेल्धुरामा दुई महिना निःशुल्क सेवा दिएर बझाङ पुगे डा.केसी

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २५, २०७७  १७:३८
1140x725

डडेल्धुरा- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसी डडेल्धुरा अस्पतालमा दुई महिना निःशुल्क सेवा दिएर बझाङ पुगेका छन्। 
डडेल्धुरामा ६५ दिन निःशुल्क सेवा पूरा गरेका डा. केसीले बिहीबारदेखि जिल्ला अस्पताल बझाङबाट निःशुल्क सेवा सुरु गरेको अस्पताल स्रोतले जनाएको छ। उनी त्यहाँ करीब एक हप्ता काम गर्ने बुझिएको अस्पतालले जनाएको छ। गत फागुन २० गते निःशुल्क रुपमा सेवा गर्न उनी डडेल्धुरा पुगेका थिए। 

केसी एक अर्थोपेडिक सर्जन (हाडजोर्नीका शल्यचिकित्सक) हुन्। डडेल्धुरा रहँदा हाडजोर्नीसम्बन्धी समस्या भएका धेरै सुदूर पहाडबासीले विशेषज्ञ चिकित्सक सेवा पाएका थिए। डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार केसीबाट सेवा लिन डडेल्धुरासहित बैतडी, बझाङ, दार्चुला र डोटीका बिरामी आउने गर्थे।

अस्पताल प्रशासनका अनुसार डा केसीले डडेल्धुरा अस्पतालमा हुँदा २ हजार बढी सामान्य केस र करीब ४ सयको हाराहारीमा अप्रेशन गरेका थिए। यद्यपि उनले कति बिरामी जाँचे भन्ने यकीन तथ्यांक नरहेको अस्पतालले जनाएको छ। अर्थोपेडिक वार्डमा अन्य चिकित्सक समेत भएको हुँदा डा. केसीले मात्रै चेकजाँच गरेको तथ्यांक नरहेको सूचना अधिकारी पन्तले जानकारी दिए।

लकडाउन अघिसम्म उनीसँग उपचार गराउन धेरैको भीड लाग्ने गरेको थियो। तर लकडाउनका कारण बिरामीको चाप भने केही कम भएको थियो। धेरैजसो बिरामीले उपचार गर्न आउँदा डाक्टर केसीलाई भगवानको संज्ञा दिने गरेको अस्पतालमा कार्यरत कर्मचारी रमेश भट्टले बताए। ६५ दिन डडेल्धुरा अस्पतालमा सेवा प्रदान पश्चात सुदूरपश्चिमको विकट जिल्ला बझाङ गएको उनले जानकारी दिए।

‘दुई महिने निःशुल्क सेवा दिएर हिजोमात्रै उहाँ (केसी) बझाङ जानुभएको छ। अब केही दिन उतै सेवा दिनुहुन्छ‚’ उनले भने। दिनमा एक छाकमात्रै खाना खाने गरेका डाक्टर केसीले अस्पतालबाट कुनै रकम नलिएको र उल्टै बिरामीका लागि औषधि समेत किनिदिने गरेको भट्टले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार डा.केसीले ३५ सय पर्ने १५ जोडा बैशाखी किनेर अस्पताललाई दिएका छन्। मिडियाबाट टाढै रहने केसीको अब डडेल्धुरा बाहेक अन्य पहाडी जिल्लामा घुम्ने योजना रहेको भट्टले बताए।

दिउँसो अस्पतालको कामबाहेक केही नबोल्ने उनी बेलाबेला आफ्ना सबै बिरामीको अपडेट लिने गर्थें। अस्पतालका कर्मचारीसँग नमस्ते बाहेक नबोल्ने र एकदमै शान्त स्वभावका उनले काम बाहेक अन्य केही कुरा नगरेको अस्पतालका सूचना अधिकारी पन्तले बताए। 

यहाँ रहँदा डडेल्धुरास्थित कीर्तिपुरको एउटा घरमा डा केसीको कोठा थियो। करीब १० मिनेट हिँडेपछि उनको गन्तव्यमा पुग्थे त्यो हो डडेल्धुरा अस्पताल। कीर्तिपुर बजार डडेल्धुराको अमरगढी नगरपालिका- ५ सदरमुकाममै पर्छ। 

Xtrem
Xtrem

बेलाबेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडिकल कलेज खोल्न माग गर्दै आएका उनी १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए। 

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारबाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो। उनले उक्त समयमा भारतले नेपाली भूमि कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन आग्रह गर्दै अनसन स्थगित गरेका थिए।

२६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवं विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक केसीले उठाएका मागहरू हालसम्म सम्बोधन भएका छैनन्।

केही केसीले लकडाउनका कारण यातायात बन्द हुँदा मारमा परेका बिरामीहरुलाई सरकारी गाडीको प्रयोग गरेर अस्पतालसम्म पुर्‍याउन आग्रहसमेत गरेका थिए। ९ वैशाखमा प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणजस्तै ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवा महत्वपूर्ण भएको भन्दै केसीले यस्तो आग्रह गरेका थिए। अहिलेको अवस्थामा एम्बुलेन्सहरु मात्रै सबै बिरामीलाई अस्पताल पुर्‍याउन पर्याप्त नभएको भन्दै उनले सो माग गरेका हुन्। तर, उनका माग सरकारले सुनेन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च
नेपालको फिफा वरीयता एक स्थान खस्कियो
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्