• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ २१, २०८२ Wed, Jun 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
डडेल्धुरामा दुई महिना निःशुल्क सेवा दिएर बझाङ पुगे डा.केसी
64x64
नेपाल लाइभ बिहीबार, वैशाख २५, २०७७  १७:३८
1140x725

डडेल्धुरा- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसी डडेल्धुरा अस्पतालमा दुई महिना निःशुल्क सेवा दिएर बझाङ पुगेका छन्। 
डडेल्धुरामा ६५ दिन निःशुल्क सेवा पूरा गरेका डा. केसीले बिहीबारदेखि जिल्ला अस्पताल बझाङबाट निःशुल्क सेवा सुरु गरेको अस्पताल स्रोतले जनाएको छ। उनी त्यहाँ करीब एक हप्ता काम गर्ने बुझिएको अस्पतालले जनाएको छ। गत फागुन २० गते निःशुल्क रुपमा सेवा गर्न उनी डडेल्धुरा पुगेका थिए। 

केसी एक अर्थोपेडिक सर्जन (हाडजोर्नीका शल्यचिकित्सक) हुन्। डडेल्धुरा रहँदा हाडजोर्नीसम्बन्धी समस्या भएका धेरै सुदूर पहाडबासीले विशेषज्ञ चिकित्सक सेवा पाएका थिए। डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार केसीबाट सेवा लिन डडेल्धुरासहित बैतडी, बझाङ, दार्चुला र डोटीका बिरामी आउने गर्थे।

अस्पताल प्रशासनका अनुसार डा केसीले डडेल्धुरा अस्पतालमा हुँदा २ हजार बढी सामान्य केस र करीब ४ सयको हाराहारीमा अप्रेशन गरेका थिए। यद्यपि उनले कति बिरामी जाँचे भन्ने यकीन तथ्यांक नरहेको अस्पतालले जनाएको छ। अर्थोपेडिक वार्डमा अन्य चिकित्सक समेत भएको हुँदा डा. केसीले मात्रै चेकजाँच गरेको तथ्यांक नरहेको सूचना अधिकारी पन्तले जानकारी दिए।

लकडाउन अघिसम्म उनीसँग उपचार गराउन धेरैको भीड लाग्ने गरेको थियो। तर लकडाउनका कारण बिरामीको चाप भने केही कम भएको थियो। धेरैजसो बिरामीले उपचार गर्न आउँदा डाक्टर केसीलाई भगवानको संज्ञा दिने गरेको अस्पतालमा कार्यरत कर्मचारी रमेश भट्टले बताए। ६५ दिन डडेल्धुरा अस्पतालमा सेवा प्रदान पश्चात सुदूरपश्चिमको विकट जिल्ला बझाङ गएको उनले जानकारी दिए।

‘दुई महिने निःशुल्क सेवा दिएर हिजोमात्रै उहाँ (केसी) बझाङ जानुभएको छ। अब केही दिन उतै सेवा दिनुहुन्छ‚’ उनले भने। दिनमा एक छाकमात्रै खाना खाने गरेका डाक्टर केसीले अस्पतालबाट कुनै रकम नलिएको र उल्टै बिरामीका लागि औषधि समेत किनिदिने गरेको भट्टले बताए। 

Ncell 2
Ncell 2

उनका अनुसार डा.केसीले ३५ सय पर्ने १५ जोडा बैशाखी किनेर अस्पताललाई दिएका छन्। मिडियाबाट टाढै रहने केसीको अब डडेल्धुरा बाहेक अन्य पहाडी जिल्लामा घुम्ने योजना रहेको भट्टले बताए।

दिउँसो अस्पतालको कामबाहेक केही नबोल्ने उनी बेलाबेला आफ्ना सबै बिरामीको अपडेट लिने गर्थें। अस्पतालका कर्मचारीसँग नमस्ते बाहेक नबोल्ने र एकदमै शान्त स्वभावका उनले काम बाहेक अन्य केही कुरा नगरेको अस्पतालका सूचना अधिकारी पन्तले बताए। 

यहाँ रहँदा डडेल्धुरास्थित कीर्तिपुरको एउटा घरमा डा केसीको कोठा थियो। करीब १० मिनेट हिँडेपछि उनको गन्तव्यमा पुग्थे त्यो हो डडेल्धुरा अस्पताल। कीर्तिपुर बजार डडेल्धुराको अमरगढी नगरपालिका- ५ सदरमुकाममै पर्छ। 

बेलाबेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडिकल कलेज खोल्न माग गर्दै आएका उनी १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए। 

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारबाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो। उनले उक्त समयमा भारतले नेपाली भूमि कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन आग्रह गर्दै अनसन स्थगित गरेका थिए।

२६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवं विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक केसीले उठाएका मागहरू हालसम्म सम्बोधन भएका छैनन्।

केही केसीले लकडाउनका कारण यातायात बन्द हुँदा मारमा परेका बिरामीहरुलाई सरकारी गाडीको प्रयोग गरेर अस्पतालसम्म पुर्‍याउन आग्रहसमेत गरेका थिए। ९ वैशाखमा प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणजस्तै ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवा महत्वपूर्ण भएको भन्दै केसीले यस्तो आग्रह गरेका थिए। अहिलेको अवस्थामा एम्बुलेन्सहरु मात्रै सबै बिरामीलाई अस्पताल पुर्‍याउन पर्याप्त नभएको भन्दै उनले सो माग गरेका हुन्। तर, उनका माग सरकारले सुनेन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
आईपीएल २०२५ फाइनल: पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसीबीले पहिलो पटक उपाधि जित्यो
गण्डकी सरकारले नियमावली फिर्ता लिने भएसँगै यातायात व्यवसायीको आन्दोलन स्थगित
सम्बन्धित सामग्री
९७ वर्षीया भट्टले नागरिकता पाउँदा... सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको ह... मंगलबार, जेठ २०, २०८२
सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएसंगै आन्दोलन फिर्ता लिने तयारी गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्... मंगलबार, जेठ २०, २०८२
सार्वजनिक यातायात बन्द भएपछि नेपाल प्रहरीले काठमाडौँका यी विभिन्न रुटमा सुरु गर्‍यो निः शुल्क बस सेवा यातायात व्यवसायीले राइड सेयरिङसम्बन्धि कानुनको विरोध गर्दै आज देशभर सार्वजनिक यातायात बन्द गरेका छन् । यधपी यातायात व्यवसायी र सरकार... सोमबार, जेठ १९, २०८२
ताजा समाचारसबै
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर बुधबार, जेठ २१, २०८२
आईपीएल २०२५ फाइनल: पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसीबीले पहिलो पटक उपाधि जित्यो मंगलबार, जेठ २०, २०८२
गण्डकी सरकारले नियमावली फिर्ता लिने भएसँगै यातायात व्यवसायीको आन्दोलन स्थगित मंगलबार, जेठ २०, २०८२
राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, बैठक आह्वान मंगलबार, जेठ २०, २०८२
यातायात क्षेत्रमा हड्ताल गर्न नपाउने परमादेश माग्दै सर्वोच्चमा रिट, बुधबार पेसी मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह मंगलबार, जेठ २०, २०८२
राजावादीको प्रदर्शन सिफल चौर
राजावादीको प्रदर्शन सिफल चौर मंगलबार, जेठ २०, २०८२
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक मंगलबार, जेठ २०, २०८२
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक मंगलबार, जेठ २०, २०८२
ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता
ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएसंगै आन्दोलन फिर्ता लिने तयारी मंगलबार, जेठ २०, २०८२
गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार मंगलबार, जेठ २०, २०८२
महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्