काठमाडौं– श्रीमान श्रीमती नै लागु औषध तस्करीमा संलग्न भएको पाइएको छ। पर्सा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–३ का ४६ वर्षीय सन्तोष पटेल र उनकी श्रीमती ३७ वर्षीया बबिता देवीलाई पक्राउ गरेपछि सो कुरा बाहिर आएको हो।
उनीहरुसँगै प्रहरीले वीरगञ्ज–३ कै २८ वर्षीय टिँकु श्रीवास्तव, पर्साको बिन्दाबासिनी गाउँपालिका-२ का २८ वर्षीय राजनाथ यादव र बाराको प्रसौनी गाउँपालिका–३ का ३२ वर्षीय मुग्रिम साह पक्राउ परेका छन्।
लागु औषध भण्डारण गरी बेच्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सन्तोषको घरको बक्स पलङमा लुकाएर राखेको लागु औषध बरामद गरेको थियो।
प्रहरीले लागु औषधको रुपमा बेच्नलाई लुकाएर राखेका विभिन्न किसिमका औधषीजन्य सामग्री (कोरेक्स) १९० बोतल र विभिन्न एम्पुलका लागु औषध ८७ पिस बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।