डडेल्धुरा- डडेल्धुरामा चट्याङ लागेर दुईजना घाइते भएका छन्। जिल्लाको परशुराम नगरपालिका वडा नं ४ कटालमा बिहीबार बिहान ५ बजेतिर चट्याङ लागेर दुईजना घाइते भएका हुन्।
घाइते हुनेमा परशुराम नगरपालिका वडा नं ४ का ३ वर्षीया रेनुका जोशी र ५५ वर्षीया कलावती जोशी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।
बिहान घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर उनीहरु घाइते भएको प्रहरीले जनाएको छ।घाइतेहरुको अहिले जोगबुढा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।