काठमाडाैं- शिक्षा विकास निर्देशनालय डोटीले विद्यार्थीकाे नतिजा सामाजिक सञ्जालमा नराख्ने निर्देशन दिएकाे छ। निर्देशनालयले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सामाजिक सञ्जालमार्फत नतिजा प्रकाशन नगर्न भनेकाे हाे।
सामाजिक सञ्जालमार्फत विद्यार्थीको नाम रोलनम्बर, पास र फेलसमेत छुट्याई नतिजा प्रकाशन गर्दा विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखापर्न सक्ने भन्दै निर्देशनालयले सूचना जारी गरेर सञ्जालमार्फत नतिजा प्रकाशित नगर्न भनेकाे हाे।
त्यस्तै, नतिजा प्रकाशन गर्नै परे रोलनम्बर मात्रै राखेर नतिजा प्रकाशन गर्न शिक्षा समन्वय ईकाइ र स्थानीय तहका शिक्षा शाखालाई आग्रह गरिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।