काठमाडौं- सर्लाही मलंगवा नगरपालिका-२ भन्सार चेकपोस्टमा स्रोत नखुलेको १७ लाख ९० हजार नेपाली रूपैयाँ र ४ हजार भारतीय रूपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।
बुधबार साँझ साढे ४ बजेतिर धान लिएर भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकलाई जिल्ला सुरक्षा बेस सर्लाहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम फेला परेकाले नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।