काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको आसन्न स्थायी समिति बैठक अनिश्चित भएको छ। स्थायी समिति बैठकको एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा दुई अध्यक्षबीच विवाद भएसँगै बिहीबारको बैठक अनिश्चित भएको हो।
सचिवालय बैठकमा कुरा नमिलेपछि स्थायी कमिटीक बैठक र एजेन्डा दुवैको टुंगो लगाउने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।
यसअघि २० गते बसेको सचिवालय बैठकले २५ गते बिहान ११ बजे स्थायी समिति बैठक तय गरेको थियो। बैठकका एजेण्डा तय गर्न बुधबार बेलुका बसेको बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक पनि पूर्वनिर्धारित समयमा हुनेमा आशंक उत्पन्न भएको छ। बैठकमा विवाद बढेपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली बैठक कक्षबाट बीचमै बाहिरिएका थि।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शारीरिक तथा अन्य कारणले प्रधानमन्त्री बैठक कक्षबाट बीचमै बाहिरिएको बताए। उनले स्थायी समितिका विषयमा दुई अध्यक्षबीच छलफल जारी रहेको पनि बताए। 'दुई अध्यक्षको छलफलपछि स्थायी कमिटीको बैठक र एजेन्डा टुंगो लाग्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।