काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबारका विहान ११ बजे बस्ने भएको छ।
सचिवालय बैठकले स्थायी समिति बैठकको समय निश्चित गरेको हो। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकको विचमै निस्किएका थिए।
अध्यादेशले पार्टीमा विवाद उत्पन्न भएपछि अर्का अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल समूहका नेताहरुले स्थायी समितिको बैठक बोलाएका थिए। प्रचण्ड–नेपाल समूहका २० स्थायी समिति सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।