काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट (पार्टी) केपी शर्मा ओली सचिवालय बैठक चलिरहेका बेला बीचबाटै बाहिरिएका छन्।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकबाट प्रधानमन्त्री ओलीले 'आराम गर्नुपर्ने' बताउँदै बाहिरिएको बताइएको छ।
बिहीबार बैठकका एजेण्डा तय गर्न सचिवालय बसिरहेको छ। राजनीतिक प्रतिवेदनमा समावेश गर्ने विषयमा समेत ओली र अर्का अध्यक्ष प्रचण्ड विच मतभेद रहेको छ। एक व्यक्ति एक जिम्मेवारीका विषयमा छलफल हुन थालेपछि प्रधानमन्त्री बाहिरिएको बुझएको छ।
अध्यादेश र सरकारका कार्यशैली प्रतिवेदनमा समावेश गर्नुपर्ने प्रचण्डको प्रस्तावलाई ओलीले अस्विकार गरेका छन्। स्थायी समितिको बैठक बिहीबार ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।