काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। स्थायी समिति बैठकको एजेण्डा तय गर्नका लागि सचिवालय बैठक बसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएपछि सुरु भएको विवाद बढेपछि ओलीइतरका नेताहरूले स्थायी समितिको बैठक माग गरेका थिए। बिहीबार बस्ने स्थायी समिति बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदन अनुमोदनका लागि सचिवालय बैठक बोलाइएको हो। यसअघि भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आत्माआलोचना गरेका थिए। सोही बैठकले स्थायी समिति बैठक डाक्ने निर्णय गरेको थियो।
त्यस्तै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा उम्मेदवार बनाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि नेकपाभित्रको विवाद केही कम भएपनि पूर्ण रुपमा समाधान भने भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।