काठमाडौ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मार्क्सवादी विचार र दर्शनलाई पुँजीवादी दुनियाले समेत मानेको बताएका छन्। कार्ल मार्क्सको २ सय २ औं जन्म दिवसको उपलक्ष्यमा शुभकामना दिँदै प्रचण्डले १ हजार वर्षयताकै महान दर्शनिक भएको बताएका छन्।
‘मार्क्स १ हजार वर्षयताकै महान दार्शनिक हुनुहुन्छ। सर्वहारा वर्गले मात्र होइन, उहाँको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको छ’ विज्ञप्तिमा उल्लेख गर्दै प्रचण्डले ‘मर्क्सप्रति उच्च सम्मान छ। मार्क्स विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेता हुनुहुन्थ्यो।’
२१ औं शताब्दीमा मार्क्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक भएको प्रचण्डले बताए। कोरोनाबाट गरीखाने श्रमजीवि जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै प्रचण्डले उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।