काठमाडाैं- निजी विद्यालयकाे छाता संगठन (प्याब्सन)ले कोरोना भाइरसकाे महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई)काे परीक्षा तत्काल सञ्चालन गर्न सम्भव नभए आन्तरिक परीक्षाबाटै नतिजा निकाल्न सरकारलाई सुझाव दिएको छ।
आन्तरिक मूल्यांकनबाट ग्रेड निर्धारण गरी विद्यार्थीलाई बाटो खोलिदिन सकिने प्याब्सनले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्याब्सनले २०७६ सालकाे परीक्षामा सामेल हुने विद्यार्थीलाई मात्र लागू हुने गरी नतिजा प्रकाशन गर्नुपर्ने बताएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।