• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेपाली फुटबलमा एउटा यस्तो ‘फिक्सिङ’ - १०२ गोलको त्यो खेल

64x64
ऋग्वेद शर्मा मंगलबार, वैशाख २३, २०७७  १३:२८
1140x725

काठमाडौं- फुटबलमा एक खेलमा कतिसम्म गोल सामान्य लाग्ला? सन् २०१४ को विश्वकपमा ब्राजिल जर्मनीसँग ७-१ ले हार्दा अति ठूलो अन्तरको हार लागिरहेको अहिलेको पुस्तालाई एकै खेलमा एक सयभन्दा बढी गोल भएको सुन्दा कस्तो लाग्ला? त्यो पनि नेपाली लिग फुटबलमा नै।  

कुरा २०३३ सालको सहिद स्मारक ए डिभिजन लिगको हो। त्यो बेला रानीपोखरी कर्नर टिम (आरसिटी) र अन्नपूर्ण क्लबबीचको खेल १०१-१ गोलको अन्तरमा सकिएको थियो। नेपाली फुटबलमा मात्र होइन विश्व फुटबलकै इतिहासमा यो दुर्लभ खेल हो। यस्तो खेल हुन मैदानको परिस्थितिले मात्र सम्भव हुँदै हुँदैन। त्यसअघिका अरु पाटाहरु अझ बढी महत्वपूर्ण हुन्छन्। 

हुन त विश्व फुटबलमा आधिकारिक खेलहरुमा नै धेरै गोल हानेर नौलो इतिहास रचिएका खेलहरु निकै छन्। 

अमेरिकाकै शासनमा रहेको समुद्री टापु देश अमेरिकी सामोआ र अस्ट्रेलियाविरुद्ध २००२ को विश्वकप छनोट खेलमा अस्ट्रेलियाले ३१-० ले खेल जितेको थियो। त्यसबाहेक पनि २०१५ मा ओलम्पिक छनोट अन्तर्गत फिजी र माइक्रोनेसियाबीचको ३८-० को खेल, भानुआटुले माइक्रोनेसियाविरुद्ध नै निकालेको ४६-० को जित, नाइजेरियामा पुलिस मसिन र बुलावायोबीच ६७-० को खेल, प्लाटेउ युनाइटेड र अकुर्बाबीच ७९-० को खेल जस्ता नतिजाहरु भएकै देखिन्छन्। 

तर एक सयभन्दा बढी गोलको खेल इतिहास भने सामान्यतः देखिँदैन। विश्व फुटबल इतिहासमा आधिकारिक खेलमा आरसिटी र अन्नपूर्ण क्लबबीचको १०१-१ को हारभन्दा ठूलो अन्तर मादागास्करको लिगमा सन् २००२ को अक्टोवरमा भएको देखिन्छ। जसमा एएस एडेमा र एसओइबीच भएको खेल १४९-० मा टुंगिएको थियो। जसले सन् १९८५ मा स्कटिस कपमा बनेको एर्बोथ र बोर्न एकोर्डबीचको ३६-० गोलको विश्व कीर्तिमान तोडिएको थियो। 

आरसिटीले लगातार तीन पटक जितेर आफ्नो बनाएको लिग ट्रफी। जुन अहिले आरसिटीको संग्रहालयमा सुरक्षित छ।

मादागास्करमा एएस एडेमा र एसओइबीच भएको १४९-० को नतिजा र नेपाली फुटबलमा आरसिटी र अन्नपूर्णबीच भएको १०१-१ को नतिजामा एउटा समानता देखिन्छ, खेलमार्फत भएको विरोधको स्वर। 

एएस एडेमा र एसओइबीच भएको १४९-० को नतिजामा रेफ्रिविरुद्ध विरोधको स्वर थियो। जसमा सबै गोल एसओइले आत्मघाती हानेको थियो। तर नेपाली फुटबलमा देखिएको १०१-१ को नतिजा विरोधकै शैली भए पनि त्यो आत्मघाती रुपमा गरिएका गोल थिएनन्। विपक्षी टिमका खेलाडीले गरेकै गोल थियो, अन्नपूर्णविरुद्ध आरसिटीले। 

नेपाली फुटबलको त्यो खेल सहिद स्मारक लिगको इतिहास बनाउन पनि महत्वपूर्ण खेल हो। नेपाली लिग फुटबलमा एकै खेलमा १०२ गोल हुनु सामान्य नतिजा होइन। जब कि गएको ए डिभिजन लिगभरिमा नै २१० गोल भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यो खेलसँगै प्रजातन्त्रवादीले तत्कालिन व्यवस्थाप्रति गरेको व्यङ्ग्य पनि थियो। तत्कालीन राजनीतिक व्यवस्थाका नराम्रा कामलाई खेलमार्फत विरोध गरिएको तत्कालीन समयका जानकार बताउँछन्। 

अहिले अन्नपूर्ण क्लबको अस्तित्वसमेत देखिँदैन भने आरसिटी क्लब बी डिभिजन लिगमा संघर्ष गरिरहेको छ। कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको बी डिभिजनमा संघर्ष गर्नुपर्ने जस्तो इतिहास आरसिटीको हुँदै होइन। 

बिस २०२४ सालमा पहिलोपटक ‘बी’ डिभिजनबाट आधिकारिक फुटबल यात्रा सुरु गरेको आरसिटी २०२५ सालमा नै ‘ए’ डिभिजनमा उक्लिएको थियो। जसबाट बिस १९८९ सालमा स्थापना भएको आरसिटीले नयाँ उचाइ पायो। 

६ पटक ‘ए’ डिभिजन लिगको विजेता टिम आरसिटीकै सफलता र बढ्दै गएको खेलाडी संख्याले पहिलो रोजाइँको टिममा स्थान बनाउन राम्रै दरिएका खेलाडीलाई पनि हम्मे पर्थ्यो। त्यसले अन्नपूर्ण क्लबका रुपमा आरसिटीकै दोस्रो टिमसमेत नेपाली फुटबलमा देखापरेको थियो। 

आरसिटी र अन्नपूर्णसँगै सुपर आरसिटी टिम समेत बनाएर फुटबलमा लागिरहेको क्लबका लागि मैदानबाहिरको गम्भीर खेला स्वीकारयोग्य थिएन। त्यसैले रचियो १०१ गोलको योजना। 

यसलाई त्यो समयका फुटबल पारखीहरु रोमाञ्चित भएर सम्झिने गर्छन्। तर नयाँ पुस्ताका लागि भने यो विश्वास गर्नसमेत गाह्रो कथा जस्तो हुनसक्छ। त्यो खेलसँगै प्रजातन्त्रवादीले तत्कालिन व्यवस्थाप्रति गरेको व्यङ्ग्य पनि थियो। तत्कालीन राजनीतिक व्यवस्थाका नराम्रा कामलाई खेलमार्फत विरोध गरिएको तत्कालीन समयका जानकार बताउँछन्। 

आरसिटीको संग्रहालय, जहाँ पहिले जितेका ट्रफी मेडलदेखि जर्सी र अन्य सामग्रीहरु सुरक्षित छन्।

एक सय एक गोलको आधार भने मैदानबाहिरको राजनीतिले तय गरेको थियो। त्यो समय नेपाली फुटलबमा उत्कृष्ट रहेको आरसिटी र अन्नपूर्ण क्लबलाई अप्ठ्यारो पर्नेगरी विरोधीहरुले काम गरिरहेका थिए। आरसिटीलाई राणशासनविरुद्ध जनताको क्लबका रुपमा समेत हेरिएको थियो। त्यसैले पञ्चायती शासक सकेसम्म आरसिटीलाई बन्द नै गराउने सोचमा लागिरहेका थिए। 

अरु विपक्षीलाई फाइदा पुग्नेगरी गरिएका कामको विरोधस्वरुप पनि आरसिटी र अन्नपूर्णले १०१-१ गोलको खेल खेलेका थिए। त्यो समयमा नेपाली फुटबलको सर्वोच्च संस्था र त्यसका प्रमुखसमेतले खुलेर आरसिटी र अन्नपूर्णको विरोध गरेका थिए। 

त्यो दिन काठमाडौंमा पूरा अभिरल वर्षा भइरहेको थियो। दशरथ रंगशाला समेत हिलाम्य थियो। खेलकै दौरान पनि निरन्तर पानी परिरहकै थियो। रोचक त के भने दुवै टिमका पनि एकाध खेलाडीलाई छाडेर बाँकीलाई नतिजा सोचेर नै खेलिएको छ भन्ने थाहा थिएन। ठूलो गोलको कथा बुनेका थिए, पुरुषोत्तम श्रेष्ठ र विष्णुगोपाल श्रेष्ठले। उनीहरुले उक्त योजना खेलको अघिल्लो दिन भक्तवीर तुलाधरको घरमा रचेका थिए। 

खेल यसरी मिलेमतोमा अगाडि बढिरहेको थियो कि आजित रेफ्रीले १० मिनेट अगावै खेल सकिएको घोषणा गरिदिएका थिए। खेलमा अधिकांश गोलहरु दोस्रो हाफको ३५ मिनेटमा भएका थिए। राम्ररी विचार गर्ने हो भने त पछिल्लो हाफको अन्ततिर त प्रत्येक एक मिनेटमा चार गोलसम्म भइरहेका थिए।

खेलको पूर्वाद्ध प्रतिस्पर्धात्मक रुपमा नै देखिएको थियो। सुरुवाती ३० गोलसम्म त खेलमा सय भन्दा बढी गोल हुने अनुमान दर्शकलाई पनि थिएन। खेलका रेफ्री थिए शिवकुमार थापा। लाइन्समेनमा थिए शिव सिंह र रामेश्वर राउत। 

खेल यसरी मिलेमतोमा अगाडि बढिरहेको थियो कि आजित रेफ्रीले १० मिनेट अगावै खेल सकिएको घोषणा गरिदिएका थिए। खेलमा अधिकांश गोलहरु दोस्रो हाफको ३५ मिनेटमा भएका थिए। राम्ररी विचार गर्ने हो भने त पछिल्लो हाफको अन्ततिर त प्रत्येक एक मिनेटमा चार गोलसम्म भइरहेका थिए। त्यो १ सय १ गोलको खेलमा आरसिटीका लागि गोल गर्न बाँकी खेलाडी कोही पनि थिएनन्। 

अर्को अचम्म त के भने सर्वाधिक गोल गर्ने खेलाडी नै गोलरक्षकको भूमिकामा रहेका विष्णुगोपाल श्रेष्ठ थिए। आरसिटीले प्रत्येक गोलपछि मैदानको बीचबाट बल चल्नेवित्तिकै सिधै पोस्टमा लगेर गोल गरिहाल्थ्यो। अन्नपूर्णका खेलाडी पोस्टको वरपर बसेर बल रोक्ने प्रयाससमेत नगरी हेरिरहेका हुन्थे। र खेल सकिएपछि रेफ्री अफिसियल टिमले खेलमा कुनै मिलेमतो नभएको रिपोर्ट दिएको थियो। हुन पनि त्यो मिलेमतो भन्दा बढी त आरसिटी र अन्नपूर्णको विरोधको स्वर थियो। 

२०२२ देखि २०२४ सम्म आरसिटीको जर्सी। जसमा कांग्रेसको जस्तो चार तारा भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो।

१०१ गोलको त्यही रोचक कथा सुन्दै आफ्नो फुटबलमा हुर्किएका अघिल्लो पुस्ताका खेलाडी गणेश थापा पनि त्यो असम्भव सुनिने खेलबारे सुनेदेखि नै अचम्म मानिरहेका छन्। ‘त्यो कुरा मैले पनि सुनेको नै हो। तर अघिल्लो पुस्ताले भनेअनुसार त्यो भएकै कुरा हो। सेन्टरबाट बल चलाएर सिधै पोस्टमा हानेको होला न त्र सामान्य खेलले लगातार गोल गरे पनि १०१ गोल त असम्भव नै लाग्छ’ उनले सुनाए।

गणेश थापाभन्दा अघिका नेपाली फुटबल पुस्ताका एक खेलाडी कोमल पाण्डे पनि अहिले रोमाञ्चक लाग्ने १०१ गोलको खेल सम्झन्छन्। 

‘त्यो खेलमा सामान्य ढंगले गोल भएको भन्दा पनि एउटा विरोधको शैली थियो। त्यो समय कमल थापाहरु एन्फामा थिए। आरसिटी ब्यवस्थापनसँग एन्फाको सम्बन्ध राम्रो थिएन। त्यही बखतमा शासनप्रतिको विरोधमा आरसिटीले त्यो खेल रचेको थियो’, कोमल सुनाउँछन्, ‘बल सेन्टरमा चलाएर छाडिदिने र पोस्टमा हान्ने गरिरहेका थिए। जब दर्शकले त्यो खेलको अन्तर्य बुझे तब केही निराश पनि देखिन्थे।’ 

नेपाली फुटबलका यस्ता रोचक पक्षहरु अरु निकै रहे पनि अखिल नेपाल फुटबल संघ (एन्फा) जस्ता आधिकारिक संस्थाले तथ्य, तथ्यांक राख्ने र इतिहास जोगाउने काम नगरेकोमा पनि कोमल चिन्ता व्यक्त गर्छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्