धनगढी- कैलालीकाे धनगढीबाट एक सुत्केरीको उद्धार गरिएको छ। बझाङको केदारस्यू गाउँपालिका वडा नम्बर २ की ३३ वर्षीया जानकी रावलको धनगढीबाट उद्धार गरिएको हो।
बझाङमा ११ दिनअघि छोरी जन्माएकी उनकाे पेट सुन्निएपछि डडेल्धुरा अस्पताल ल्याइएको थियो। डडेल्धुरा अस्पतालले उनलाई धनगढी रिफर गरेको थियो। सेती प्रादेशिक अस्पतालमा पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ पठाइएकाे छ।
सुदूरपश्चिम सरकारको एयर लिफ्ट कार्यक्रममार्फत उनको उद्धार गरिएको सामाजिक विकासमन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए। रावलकी ११ दिनकी छोरीलाई धनगढीमा नै राखिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।