कैलाली- कैलालीमा माटोको ढिस्को खसेर तीन जना घाइते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका ३ निम्दीमा घर लिप्नलाई माटो लिन गएका बेला माटोको ढिस्को खसेर उनीहरुलाई लाग्दा घाइते भएका हुन्।
घाइते हुनेमा घोडाघोडी नगरपालिका १ जनकपुरका २७ वर्षीया सीता चौधरी, ३० वर्षीया पार्वती चौधरी र २८ वर्षीया रमिता चौधरी रहेका छन्।
उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।