काठमाडौं- संघीय संसदको महासचिवमा भरतराज गौतमको नाम सिफारिस भएको छ। सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा गौतमको नाम सिफारिस गरेका हुन्।
यसअघि महासचिव रहेका मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि उक्त पद रिक्त रहेको थियो। सभामुख सापकोटाले कार्यबाहक महासचिवको रुपमा चैत २ गते गोपालनाथ योगीलाई तोकेका थिए।
बजेट अधिवेशन शुरु हुनुअघि गौतमको नाम सिफारिस गरिएको हो। मनोहरप्रसाद भट्टराईले ५ वर्षे कार्यकाल पूरा गरेर अवकाश लिएपछि महासचिव पद रिक्त रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।