कैलाली- क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)ले १ थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका- १२ का वर्ष २१ का अविनाश थापा, सोही ठाउँका नब्बु भनेर चिनिने वर्ष २० का नवराज बराइली र बिनोद कुँवर रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले जानकारी दिए।
उनले आरआइटीका प्रहरी नायव निरीक्षक केशव जोशी नेतृत्वको समूहले धनगढी उपमहानगरपालिका ७ जाखोरताल वन क्षेत्रमा लुकाइछिपाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र सोमा लाग्ने गोली १ थान फेला पारेको बताए। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको डिआइजी सुवेदीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।