• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

स्वास्थ्य सेवा विभागलाई अर्को धक्का : टेन्डर पारेका २ कम्पनीले सामग्री ल्याउनै सकेनन्

लुम्बिनीले बुझायो सामग्री, दुई कम्पनीले मागे थप समय
64x64
उत्तम काप्री आइतबार, वैशाख २१, २०७७  २१:०७
1140x725

काठमाडौं- मेडिकल सामग्री खरिदका विषयमा स्वास्थ्य सेवा विभागलाई फेरि अर्को धक्का लागेको छ। विभागले ओम्नीसँग मेडिकल सामान खरिदको सम्झौता रद्द गर्दै पुनः खरिदका लागि सम्झौता गरेको ३ वटा कम्पनीमध्ये दुईवटा कम्पनीले समयमै सामान नदिएपछि विभागलाई धक्का लाग्ने क्रम नरोकिएको हो। 

विभागले वैशाख ५ गते शुक्रबार झन्डै ३० करोड रुपैयाँ बराबरको मेडिकल सामान खरिदका लागि ३ वटा कम्पनीसँग सम्झौता गरेको थियो। खरिद सम्झौताअनुसार ३ वटा कम्पनीले आइतबारसम्म मेडिकल सामान विभागलाई बुझाउनुपर्ने थियो। निर्धारित समयमा लुम्बिनी हेल्थ केयर प्रालिले मात्रै सम्झौता अनुसार सामग्री बुझाएको छ। अन्य दुईवटा कम्पनीले समयमै मेडिकल सामान बुझाउन नसकेपछि समय थपका लागि विभागमा पत्राचार गरेका छन्।

विभागका व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलका अनुसार २ कम्पनी ओम सर्जिकल कन्सर्न प्रालि र हाम्रो मेडिकल कन्सर्न प्रालिले समय थपको लागि पत्र पठाएका छन्। ‘सयम थपको लागि दुई वटा कम्पनीको पत्र आएको छ,’ उनले भने, ‘तर, कानुनी प्रक्रियाअनुसार समय थप हुने वा नहुने निर्णय हुन्छ।’

यो पनि पढ्नुहोस्

मेडिकल सामान खरिद 'सेटिङ'मै : फेरि ५ कम्पनीसँग सम्झौता गर्दै स्वास्थ्य सेवा विभागबिहीबार, वैशाख ४, २०७७

लुम्बिनीले पनि समय थपका लागि हामीलाई पत्र दिए भएपनि उसले आइतबार सामान बुझाएको विभागको भनाइ छ। लुम्बिनीले भन्सार क्लियरेन्समा समय लाग्ने सक्ने अनुमानका कारण सयम थपको लागि पत्राचार गरेपनि समयमै मेडिकल सामान बुझाएको विभागको भनाइ छ।

भागले भने वैशाख ५ गते शुक्रबार ५ वटा कम्पनीसँग मेडिकल सामान खरिदका लागि सम्झौता गर्न खोजको थियो। तर, दुई वटा कम्पनी महाशक्ति सप्लायर्स र पाइनियोर होल्डिङसँग भने खरिद सम्झौता गरिएको थिएन। अन्य तीन कम्पनीले सम्झौता गरी आइतबार (आज) सम्म म्याद पाएका थिए। 

विभागले गत चैत २५ गते ओबिसिआई (ओम्नी) ग्रुपसँगको मेडिकल सामान खरिद सम्झौता रद्द गरेसँगै नयाँ प्रक्रियाबाट मेडिकल समान खरिदका लागि टेन्डर गरेको थियो। टेन्डरमा सहभागी कम्पनीमध्येबाट ३ वटा कम्पनीसँग मेडिकल सामान खरिदका लागि शुक्रबार १५ दिनको समय राखेर सम्झौता भएको थियो।

यो पनि पढ्नुहोस्

स्वास्थ्यले ७ करोडमा किनेको कोरोना परीक्षण किट कामै नलाग्नेमंगलबार, चैत १८, २०७६

तीन दिनभित्र सम्झौताका लागि आउन भन्दै विभागले अप्रिल १४ अर्थात् वैशाख २ गते पत्र काटेको थियो। सामग्री खरिदका लागि गर्न लागेको सम्झौतामा पुनः केही कम्पनीसँग ’सेटिङ’ भएको सार्वजनिक भएको थियो। सेटिङमा छनौट भएका कम्पनीले समयमै मेडिकल सामान बुझाउन नसकेपछि विभागलाई धक्का लागेको हो।

‘विभागले मेडिकल सामान खरिलदमा बच्चा खेलजस्तै गरेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘हरेक पटकको टेन्डरमा कमिसनलाई प्रमुख प्राथमिकता बनाउँदा यो समस्या नसुल्झिने भएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

कसरी सुरु भएको थियो दोस्रो पटक मेडिकल सामान खरिद प्रक्रिया?
नेपालका पहिलो कोरोना संक्रमितको पहिचना भएसँगै सरकारले मेडिकल सामान खरिदका लागि छलफल सुरु गरेको थियो। नेपालमा पहिलो पटक जनवरी २३ मा पहिलो कोराना संक्रमितको फेला परेको थियो।

विभागले कोरोना परीक्षणका लागि आवश्यक मेडिकल उपकरण तथा सामान खरिदका लागि माघ २५ गते विभागले टेन्डर गरेको थियो। विभागको टेन्डर पछि सेटिङमा औषधि खरिका लागि मन्त्रालयले विभाग महानिर्देशकमा महेन्द्रप्रसाद श्रेष्ठलाई ल्याएका थिए।

श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नै विभागमा महानिर्देशक बनाएका थिए। श्रेष्ठले नै निजी क्षेत्रका १९ व्यवासयिक कम्पनीलाई औषधि सरकारलाई बेच्न भन्दै कोटेसन दिएका थिए। तर, श्रेष्ठले व्यवसायीको कोटेसनलाई झन्डै ४५ दिनसम्म थन्काएर चैत ६ गते उक्त टेन्डर रद्द गरेको थिए। टेन्डर रद्द गरेको विभागले चैत १० गते सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गर्ने निर्णय गरेको थियो।

निर्णय लगतै विभागले पनि चैत ११ गते २४ घन्टे सूचना प्रकाशन गर्दै मेडिकल सामान खरिद गर्ने निर्णय गरेको थियो। २४ घन्टे सूचनाका आधारमा विभागले प्रधानमन्त्रीका सल्लाकारहरु, रक्षामन्त्री तथा कोरोना जोखिम न्यूनीकरण उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सेटिङमा ओम्नीसँग ३ घन्टामै १ करोड ३ लाख ९० हजार ४ सय डलर बराबरको मेडिकल सामान खरिद गर्ने सम्झौता गरेका थिए। उनीहरुले निजी क्षेत्रका व्यवासायी दिएको कोटेसनभन्दा ४० प्रतिशत मंहगोमा ओम्नीसँग मेडिकल सामान खरिदको सम्झौता गरेको थिए।

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

कोरोनाको कहरमा पनि कमिसन चक्करशनिबार, चैत १५, २०७६

ओम्नीले पनि मार्च २८ मा पहिलो लटमा २३ लाख ९४ हजार डलर बराबरको ९ दशमल ६५ टन मेडिकल सामान सरकारलाई ल्याउँदै बिक्री गरेको थियो। तर, उक्त मेडिकल सामान खरिद प्रक्रिया विवादमा आइसकेको थियो। सरकारले खरिद सम्झौता गरेको कम्पनी नै अवैध रहेको ठहर समेत भएको थियो।

खरिद सम्झौताको विषयमा नेकपाको पार्टीभित्रै विरोध हुन थालेपछि विभागले सम्झौता भएको एक साता नुहुँदै ओम्नीको धरौटी जफत गर्दै खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो। खरिद सम्झौता रद्दसँगै विभागले ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालनी गर्ने बताएको थियो। तर, अहिलेसम्म कालोसूचीमा राखिएको पनि छैन।

तर, विभागले खरिद सम्झौता रद्द गर्नभन्दा पहिले नै चैत १५ गते नै नेपाली आर्मीसँग जीटूजी मोडालिटीमा मेडिकल सामान खरिद गर्ने भन्दै मन्त्रिपरिषदबाट निर्णय गरेको थियो।

ओम्नीसँगको मेडिकल सामान खरिद प्रक्रियामा आर्थिक हिनामिना समेत भएको भन्दै उजुरी परेपछि अख्तियारले समेत छानबिन गरिरहेको छ। तर विभागले पुनः अप्रिल ७ अर्थात् चैत २७ गते मेडिकल सामान खरिदका लागि अप्रिल १२ गतेसम्मको समय सीमा राखेर सूचना प्रकाशन गरेको थियो। सोही प्रक्रिया अनुसार वैशाख ५ गते शुक्रबार मेडिकल सामान खरिदका लागि विभागले दुईपक्षीय सम्झौता गरेपनि निर्धारित समयमा बुझाउन नसकेका हुन्। तोकिएको समयमा सामग्री बुझाउन नसकेका कम्पनीमाथि विभागले कस्तो कारबाही अघि बढाउँछ भन्ने हेर्न बाँकी छ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  २१:०७
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्