• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मेडिकल सामान खरिद 'सेटिङ'मै : फेरि ५ कम्पनीसँग सम्झौता गर्दै स्वास्थ्य सेवा विभाग

64x64
उत्तम काप्री बिहीबार, वैशाख ४, २०७७  २३:११
1140x725

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले शुक्रबार झन्डै ३० करोड रुपैयाँ बराबरको मेडिकल सामान खरिदका लागि पाँच व्यवसायिक कम्पनीसँग सम्झौताको तयारी गरेको छ।

विभागले गत चैत २५ गते ओबिसिआई (ओम्नी) ग्रुपसँगको मेडिकल सामान खरिद सम्झौता रद्द गरेसँगै नयाँ प्रक्रियाबाट मेडिकल समान खरिदका लागि टेन्डर गरेको थियो। टेन्डरमा सहभागी कम्पनीमध्येबाट पाँच वटा कम्पनीसँग मेडिकल सामान खरिदका लागि शुक्रबार ७ दिनको समय दिँदै सम्झौता गर्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दियो।

मन्त्रालय स्रोतका अनुसार, विभागले लुम्बिनी हेल्थ केयर प्रालि, ओम सर्जिकल कन्सर्न, महाशक्ति सप्लायर्स, हाम्रो मेडिकन्सर्न प्रालि र पाइनियर होल्डिङ्स प्रालिसँग मेडिकल सामान खरिदका लागि सम्झौता गर्न लागिएको हो।

तीन दिनभित्र सम्झौताका लागि आउन भन्दै विभागले अप्रिल १४ अर्थात् वैशाख २ गते पत्र काटेको हो। विभागले औषधि खरिदका लागि गर्न लागेको सम्झौतामा पुनः केही कम्पनीसँग 'सेटिङ' गरेको मन्त्रालय स्रोत बताउँछ।

विभागले मेडिकल सामान खरिदका लागि सम्झौता गर्न लागेका पाँच कम्पनीमध्ये दुई वटा कम्पनीले पहिलो पटक मेडिकल सामान आपूर्ति गर्न लागेको स्रोतको दाबी छ।

मन्त्रालयल स्रोतका अनुसार हाम्रो मेडिकन्सर्न प्रालि र पाइनियर होल्डिङ्स प्रालि सेटिङका लागि खडा भएको कम्पनी हो।

‘विभागले सम्झौता गर्न लागेको पाँच वटा कम्पनीमध्ये ओम सर्जिकल कन्सर्न प्रालिले तोकेको सयमयमा उसले कबुल गरेका मेडिकल सामान दिने विश्वास गर्न सकिन्छ,’ मन्त्रालय स्रोतले भने, ‘अन्य कम्पनीले सम्भवतः तोकेको समयमा मेडिकल सामान दिन सक्दैन।’

ओमको केही दिनअगाडि पनि चीनबाट केही मेडिकल सामान आएको थियो भने शुक्रबार बिहान पनि उसको केही सामान आउँदैछ। जसका कारण ओम सर्जिकलले समान दिन सक्नेमा केही विश्वास गर्न सकिन्ने स्रोतको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसबाहेक दुई वटा कम्पनी हाम्रो मेडिकन्सर्न र पाइनियर होल्डिङस् त नयाँ हुने र उनीहरुबाट मेडिकल सामान सरकारले समयमै पाउँछ भनेर आशा गर्न नसकिने स्रोतको भनाइ छ। अन्य दुई वटा कम्पनी लुम्बिनी र महाशक्तिले पनि समयमै मेडिकल सामान दिने नसक्ने मन्त्रालय स्रोतको दाबी छ।

यी दुई वटा कम्पनीसँग पनि अहिले नेपालमा स्टक औषधि नरहेको र शुक्रबार दुई वटा चार्टर जहाजबाट आउने मेडिकल सामानमा पनि उनीहरुको सामान नरहेको विभाग उच्च स्रोत बताउँछ।

‘विभागले मेडिकल सामान खरिलदमा बच्चा खेलजस्तै गरेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘हरेक पटकको टेन्डरमा कमिसनलाई प्रमुख प्राथमिकता बनाउँदा यो समस्या नसुल्झिने भएको छ।’

कसरी सुरु भएको थियो दोस्रो पटक मेडिकल सामान खरिद प्रक्रिया?
नेपालका पहिलो कोरोना संक्रमितको पहिचना भएसँगै सरकारले मेडिकल सामान खरिदका लागि छलफल सुरु गरेको थियो। नेपालमा पहिलो पटक जनवरी २३ मा पहिलो कोराना संक्रमितको फेला परेको थियो।

Xtrem

Xtrem

विभागले कोरोना परीक्षणका लागि आवश्यक मेडिकल उपकरण तथा सामान खरिदका लागि माघ २५ गते विभागले टेन्डर गरेको थियो। विभागको टेन्डर पछि सेटिङमा औषधि खरिका लागि मन्त्रालयले विभाग महानिर्देशकमा महेन्द्रप्रसाद श्रेष्ठलाई ल्याएका थिए।

श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नै विभागमा महानिर्देशक बनाएका थिए। श्रेष्ठले नै निजी क्षेत्रका १९ व्यवासयिक कम्पनील‍ाई औषधि सरकारलाई बेच्न भन्दै कोटेसन दिएका थिए।

यो पनि पढ्नुहोस्

स्वास्थ्य सेवा विभागद्वारा मेडिकल सामग्री खरिदका लागि फेरि टेन्डर आह्वानबुधबार, चैत २६, २०७६

तर, श्रेष्ठले व्यवसायीको कोटेसनलाई झन्डै ४५ दिनसम्म थन्काएर चैत ६ गते उक्त टेन्डर रद्द गरेको थिए। टेन्डर रद्द गरेको विभागले चैत १० गते सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गर्ने निर्णय गरेको थियो। निर्णय लगतै विभागले पनि चैत ११ गते २४ घन्टे सूचना प्रकाशन गर्दै मेडिकल सामान खरिद गर्ने निर्णय गरेको थियो। २४ घन्टे सूचनाका आधारमा विभागले प्रधानमन्त्रीका सल्लाकारहरु, रक्षामन्त्री तथा कोरोना जोखिम न्यूनीकरण उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सेटिङमा ओम्नीसँग ३ घन्टामै १ करोड ३ लाख ९० हजार ४ सय डलर बराबरको मेडिकल सामान खरिद गर्ने सम्झौता गरेका थिए।  उनीहरुले निजी क्षेत्रका व्यवासायी दिएको कोटेसनभन्दा ४० प्रतिशत मंहगोमा ओम्नीसँग मेडिकल सामान खरिदको सम्झौता गरेको थिए।

ओम्नीले पनि मार्च २८ मा पहिलो लटमा २३ लाख ९४ हजार डलर बराबरको ९ दशमल ६५ टन मेडिकल सामान सरकारलाई ल्याउँदै बिक्री गरेको थियो। तर, उक्त मेडिकल सामान खरिद प्रक्रिया विवादमा आइसकेको थियो। सरकारले खरिद सम्झौता गरेको कम्पनी नै अवैध रहेको ठहर समेत भएको थियो। खरिद सम्झौताको विषयमा नेकपाको पार्टीभित्रै विरोध हुन थालेपछि विभागले  सम्झौता भएको एक साता नुहुँदै ओम्नीको धरौटी जफत गर्दै खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो। खरिद सम्झौता रद्दसँगै विभागले ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालनी गर्ने बताएको थियो। तर, अहिलेसम्म कालोसूचीमा राखिएको पनि छैन।

तर, विभागले खरिद सम्झौता रद्द गर्नभन्दा पहिले नै चैत १५ गते नै नेपाली आर्मीसँग जीटूजी मोडालिटीमा मेडिकल सामान खरिद गर्ने भन्दै मन्त्रिपरिषदबाट निर्णय गरेको थियो।

ओम्नीसँगको मेडिकल सामान खरिद प्रक्रियामा आर्थिक हिनामिना समेत भएको भन्दै उजुरी परेपछि अख्तियारले समेत छानबिन गरिरहेको छ। तर विभागले पुनः अप्रिल ७ अर्थात् चैत २७ गते मेडिकल सामान खरिदका लागि अप्रिल १२ गतेसम्मको समय सीमा राखेर सूचना प्रकाशन गरेको थियो।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  २३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार, असोज १६, २०८३
बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका प्रमुख सडकखण्ड अवरुद्ध शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित शुक्रबार, असोज १६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्