काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेपछि संसद सचिवालयले संसदहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ।
कार्यवाहक महासचिव गोपालनाथ योगीले दुवै सदनमा सम्पूर्ण सदस्यहरुलाई वैशाख २६ गते शुक्रबार संसद भवन ४ बजे उपस्थित हुन आग्रह गरेका छन्।
भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन्। आइतबार बसेको मन्त्रीपरिषदको बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।