काठमाडौं-प्रहरी प्रधान कार्यालयले ६ जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन गरेको छ। जिल्लाका कमाण्ड सम्हालेका एसपीहरु एसएसपीमा बढुवा भएसँगै रिक्त रहेका ६ जिल्लामा एसपीहरुको काज सरुवा गरिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार पश्चिम नवलपरासीमा अजय केसी, सुनसरीमा कमल थापा, कैलालीमा अनुपमशम्शेर जवरा, बाग्लुङमा सारदा चौधरी, बर्दियामा केदार रजौरे र दाङमा गणेश चन्दको सरुवा गरिएको हो।
जिल्लाको कमाण्ड सम्हाल्न लागेका यी एसपीहरुलाई आज (आइतबार) ३ बजे प्रहरी प्रधान कार्यालयमा आइजी ठाकुर ज्ञवालीले ब्रिफिङ दिएपछि कार्यक्षेत्रमा खटिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।