काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले शनिबारको सचिवालय निर्णय पार्टीका लागि जित भएको बताएका छन्। आइतबार समाजिक सञ्जाल फेसबुकमा पोखरेलले गलत प्रवृत्तिको हार भएको र पार्टीको जित भएको लेखेका छन्।
‘हिजोको सचिवालयको निर्णय कसैको जित वा कसैको हार होइन,’ उनले लेखेका छन्, ‘यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जित हो। सबैलाई बधाई। यात्रा जारी छ।’
नेकपाभित्र आन्तरिक शक्ति संघर्ष चुलिँदै गएपछि नेता पोखरेल नेताहरुलाई मिलाउन सक्रिय भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।