भैरहवा- रुपन्देहीस्थित तिलोत्तमा बुद्ध ज्योति लायन्स क्लबको तेस्रो वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। क्लबको शनिबार सम्पन्न वार्षिक साधारणसभाले वर्ष २०२०/२१ का लागि नारायणप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
क्लबको प्रथम उपाध्यक्षमा केशरबहादुर थापा, द्वितीय उपाध्यक्षमा गंगाराज सापकोटा, तृतीय उपाध्यक्षमा देव कुँवर, सचिवमा कृष्णप्रसाद पन्थी र कोषाध्यक्षमा हिरा यादव चयन भएका छन्। त्यस्तै क्लब एड्मिनिस्ट्रेसनमा उपेन्द्र अधिकारी, सह–सचिवमा विनोद भण्डारी, सह–कोषाध्यक्षमा मेख कुँवर, मार्केटिङ कम्युनिकेसन चेयरपर्सनमा टोपराज शर्मा, मेम्बरसीप चेयरपर्सनमा राजेन्द्रप्रसाद शर्मा, टेल टुइस्टरमा दीपक अर्याल र टेमरमा करन राना चयन भएका छन्।
त्यस्तै एलसीआईएफ कोअर्डिनेटरमा शोभाखर सुनार, क्लब सर्भिस चेयरपर्सनमा हिरा गिरी तथा डाइरेन्टरहरुमा रामप्रसाद पन्थी, कृष्ण बहादुर पुन, हुतराज शर्मा, केशवराज पौडेल, आदर्श ज्ञवाली र बसन्त पाण्डे तथा सल्लाहकारमा शान्त कुमार कार्की चयन भएका छन्।
साधारणसभामा क्लबका संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट) भक्तबहादुर खड्का र वर्तमान अध्यक्ष ज्ञानेन्द्र पोखरेलले नयाँ कार्यसमितिलाई सामाजिक र मानवीय सेवाका क्षेत्रमा रचनात्मक काम गर्न सुझाव दिएका थिए।
क्लबले स्थापनाको दोस्रो वर्षमै तिलोत्तमाको उत्तरी प्रवेशद्वार योगीकुटीमा करिब २० लाख रुपैयाँको लागतमा लायन्स बुद्ध ज्योति स्मार्ट पार्क निर्माण गरेको छ। उक्त पार्कले सिक्सलेन सडक र तिलोत्तमा नगरपालिको सुन्दरीकरणमा महत्वपूर्ण योगदान पुगेको र क्लबको पहिचानका लागि दीर्घकालीन महत्व राखेको संस्थापक अध्यक्ष खड्काले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।