काठमाडौं- ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राती भएको आगलागीमा परी ८ घर जलेर नष्ट भएका छन्। यी घरमा बस्दै आएका २९ परिवारसमेत विस्थापित हुन पुगेको जिल्ला प्रशासनक कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।
फुङलिङ नगरपालिका वडा नम्बर- ५, पुरानो बैंक लाइनमा भएको आगलागीबाट ७ करोड ६५ लाख रुपैयाँ बराबरको क्षति भएको समेत प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्।
संस्थागत रूपमा २२ लाख ४७ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको र व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजारसमेत गरी जम्मा ७ करोड ६५ लाख ७२ हजार ७ सय रूपैयाँ क्षति भएको निरौलाले फेसबुक स्टाटस लेखेका छन्।
प्रभावित परिवारालई नेपाल रेडक्रस सोसाइटीद्वारा राहत प्याकेज वितरण गरिएको समेत उनले उल्लेख गरेका छन्। यसका साथै २ वटा सहकारी संस्थाद्वारा आफ्ना सदस्यहरु लाई नगद सहयोग गरेका छन्।
यसैबीच नेपाली कांग्रेसले समेत आगलागीप्रति दुख प्रकट गर्दै राहतको व्यवस्था गराउन सरकारसँग माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।