काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन्। सचिवालय बैठकअघि बेलुका ४ बजे राष्ट्रपति भण्डारीलाई भेटेर ओली बालुवाटार फर्किएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए।
राजनीतिक रूपमा जब संकट आइपुग्दा राष्ट्रपतिसँग परामर्श गरेर प्रधानमन्त्री निष्कर्षमा पुग्ने गर्छन्। आजको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीको राजीनामा मागेपछि ओली छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए।
आजको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागे बहुमत सचिवालय सदस्य उभिने देखिएको छ। आजको बैठकमा ओलीको राजीनामाको विषय पावर सेभिङमा मिल्न सक्ने आंकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।