काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक एक घन्टापछि सारिएको छ। शनिबार अपरान्ह ४ बजे बोलाइएको बैठक ५ बजेका लागि सरेको हाे।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य व्यस्तता देखाउँदै बैठक एक घन्टापछि सारेका हुन्। प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बुधबारको प्रस्तावमाथि बैठकमा छलफल हुनेछ।
ओली इतरको समूहका नेताले प्रधानमन्त्रीकाे राजीनामा माग्ने तयारी गरेका छन्। सरकारले अध्यादेश ल्याएपछि सुरु भएकाे नेकपाको विवाद प्रधानमन्त्रीको राजीनामासम्म पुगेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने अडानमा ओली छन्। अर्को पक्ष भने प्रधानमन्त्रीलाई हटाउने तयारी गरिरहेको छ।
प्रधानमन्त्री ओलीले शीर्ष तहका नेतालाई व्यक्तिपिच्छे आश्वासन पनि दिदैँ आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।