काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मजदुर दिवसका अवसरमा कविता लेखेपछि नेकपाका अन्य नेताहरु कवितामै प्रतिक्रिया जनाइरहेका छन्। यसअघि नेकपा नेता भीम रावलले कविता ट्विटरमा पोष्ट गरेका थिए। केही समयअघि जनार्दन शर्माले काउन्टर कविता लेखेर ट्विट गरेका छन्।
नेकपामा शिर्ष नेताहरुबीच तीव्र बिबाद चलिरहेको समयमा उनले व्यङ्ग्यात्मक कविता लेखेका हुन्। देशमा भइरहेको लकडाउनको सहारा लिँदै लेखिएको काउन्टर कवितामा विवेकमै लकडाउन भएको उल्लेख छ।
नेकपामा पुष्पकमल दाहाल प्रचण्ड खेमाका शर्मा सरकारको कामकारबाहीबाट असन्तुष्ट छन्। आफूलाई लागेका कुरा खरो रुपमा प्रस्तुत गर्ने नेताका रुपमा उनी चिनिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।