भैरहवा- रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन्। भैंसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन्। बिरामी हुनेमा १२ वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासम्म छन्।
बिरामी हुनेमा जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीया कैलाशी हरिजन रहेका छन्।
शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र बान्ता हुनेजस्ता समस्या देखिएकाे थियाे। राति १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनीहरुकाे उपचार भइरहेकाे अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए। बिरामीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।