काठमाडौं- ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारमा भीषण आगलागी भइरहेको छ। राती ११ बजे आसपासबाट सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको रेडियो तमोरले समाचार प्रसारण गरेको छ।
सदरमुकाम बजारको माथिल्लो रोड, ट्याक्सी काउन्टर आसपासबाट सुरु भएको आगलागी सुरु भएको हो। आगलागी नियन्त्रणका लागि सुरक्षा निकायहरू र स्थानीयले प्रयास जारी राखेको बताइएको छ।
आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।