फाइल तस्बिर
काठमाडौं- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली मजदुरको अवस्था दयनीय भएको बताएको छ। अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना जारी गर्दै सो पार्टीका प्रवक्ता प्रकाण्डले मजदुरको समस्या राज्य व्यवस्थापनले समाधान गर्नुपर्ने उल्लेख गरेका हुन्।
मजदुरको समस्या समाधान र अधिकार पुँजीवादी व्यवस्थाबाट सम्भव नहुने समेत सो पार्टीको भनाइ छ। त्यस्तै कोरो संकटका बेला सरकारले मजदुरप्रति ध्यान नदिएको आरोपसमेत सो पार्टीले लगाएको छ।
दलाल पुँँजीपति र संसदीय व्यवस्था चल्न थालेपछि मजदुरको एकपछि अर्को गर्दै धरापमा परेको पार्टीको ठहर छ। साथै सरकारले राहत वितरणमा समेत पक्षपातपूर्ण व्यवहार गरेको पार्टीको धारणा छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।