• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'छोरीलाई मुख्यमन्त्री ममता बेनर्जीजस्तै बनाउने सपना छ'

64x64
विनय बाह्रकोटी शुक्रबार, वैशाख १९, २०७७  १७:४१
1140x725

इटहरी- पूर्व-पश्चिम राजमार्गबाट ५ किलोमिटर दक्षिणतर्फ लहरै ईंटा उद्योग छन्। सबै उद्योगमा अधिकांश भारतीय नागरिक श्रमिक छन्। हिमालय ईंटा उद्योगको गेटकै छेउमा ईंटा बनाउने काम धमाधम छ। उनीहरूसँगै एक बालक पनि काममा भिडिरहेका छन्। उनको पढ्ने रहरलाई पारिवारिक बाध्यताले खिचेको छ। दैनिक रोजीरोटीमै समस्या परेपछि बाबुआमासँगै ईंटाभट्टामा काम गर्नेहरू पनि छन्। 

उनीहरूको समूहभन्दा अलि परतिर महिलाहरूको एउटा समूह काममा व्यस्त थियो। ठेलामा ईंटा ओसारिरहेका थिए। सलले नाकमुख छोपेका उनीहरू बोल्न डराउँछन्। नेपालीमा बोल्न खोज्दा ‘नही समझते हे’ मात्र भन्छन्। थप बोल्दैनन्। बरु हाँसेर उत्तर दिन्छन्। बोल्नमा भन्दा बढी काममै ध्यान छ उनीहरुको। सकेसम्म बोल्न नपरोस् भन्ने उनीहरूको चाहना बुझ्न कठिन थिएन। 

ईंटा भट्टामा काम गर्नेहरूको आफ्नै संसार छ। नेपाली बुझे पनि बोल्न असहज लाग्छ उनीहरूलाई। बोलीहाले पनि एक दुई शब्दा भन्दा बोल्न चाहन्नन्। हिन्दी भाषा बोलीचालीको भाषा हो उनीहरूको। नयाँ मान्छेसँग धेरै खुल्दैनन्। काममा बढी मतलब राख्छन् उनीहरू, बोल्नमा कम। 

गोविन्द वर्मन भारतको पश्चिम बंगाल राज्यबाट आएका रहेछन्। दुई वर्षदेखि ईंटा बनाउने काम गरिरहेका छन् उनी। उनी साथीहरूसँग मिलेर काम गर्ने स्थानको छेउमै छाप्रो हालेर बसेका छन्। उनकी श्रीमती दिप्ती वर्मन र छोरी अनुश्री पनि सँगै बस्छन्। बंगालमा एक छोरा र गोविन्दका बाबुआमा बस्छन्। 

छाप्राको एक डिल तल उनी काम गरिरहेका छन्। ईंटा बनाउने माटो मुछिरहेका छन् दुवैजना। छोरी अनुश्री छाप्रोभित्र खाना बनाउने तयारी गर्दै थिइन्। केही छिनमै छोरी बाहीर आइन्। उनकै भाषामा तरकारी सकिएको बताइन्। आलुमा झोल हाल्ने सहज उपाय बताइदिए गोविन्दले। उनले त्यसैको तयारी गरिन्।  

घाम झुल्कन नपाई काममा पुगिसक्छन् उनीहरू। अफिसियल कुनै समय छैन। बिहान उज्यालो हुनेबेलादेखि रात नपरुन्जेल काम गर्ने समय हो। बंगालमा रोजीरोटी नभएरै उनी नेपाल छिरेको बताउँछन्। बंगालमा खेती गर्नुपर्ने र त्यो पनि भरपर्दा नभएकोले नेपाल आएको उनी सुनाउँछन्। नेपालमा कमाई पनि बढी हुने र बचत पनि हुने उनको भनाइ छ। अघिल्लो वर्ष एक्लै आएर काम गरेका उनी यसपटक भने परिवारसहित काम गरिरहेका छन्। 

प्रतिगोटा ईंटाको मूल्य पाउने भएकोले सक्दो धेरै इँटा बनाउँछन् उनीहरू। श्रीमानश्रीमती दुवै जनाले काम गर्दा धेरै बचाउन सकिने उनी बताउँछन्। दैनिक ८ सयसम्म कमाउन सकिने उनी सुनाउँछन्। एउटा इँटा तयार भइसक्दा उनले एक रुपैयाँ पाउँछन्। दैनिक गोटागन्तीले हिसाब बुझ्छन् उनीहरू। दैनिक धेरैभन्दा धेरै ईंटा बनाउनु उनको बाध्यता छ। गोविन्द आफ्नो काममा धेरै खुसी छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कुनै पनि ठूला सपना देखेका छैनन् उनले। छोराछोरी लाई ठूलो मान्छे बनाउने ठूलो सपना छ उनीसँग। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीका भोटर्स रहेछन्। बेनर्जीबाट निकै प्रभावित रहेछन् गोविन्द। 

बेनर्जीको आँट र साहसको बहुत तारिफ गर्छन् उनी। कुन पार्टीलाई भोट गरेको उनलाई थाहा छैन। तर ममता बेनर्जीलाई भोट दिएको उनलाई याद छ। आफ्नै देशमा रोजगारी उपलब्ध नभए पनि मुख्यमन्त्री बेनर्जीसँग उनको गुनासो छैन। एकै पटक करोडौं मानिसलाई राजगारी दिन असम्भव हुने उनको बुझाइ छ। तर बेनर्जीप्रति उनको भरोसा डगमगाउनेवाला छैन। 

आफ्नी छोरीलाई पनि बेनर्जीजस्तै बनाउने उनको चाहना छ। कक्षा ६ मा पढ्ने छोरी अनुश्री भर्खरै परीक्षा दिएर आएकी हुन्। कक्षामा उनको स्थान चौथो भएको खबर आएछ। त्यसले गोविन्द पुरै हर्षित छन्। ५० जनामध्ये छोरी चौथो भएकोमा उनी खुसी व्यक्त गर्छन्। उनको अनुहारमा छुट्टै उर्जाको रक्तसंचार हुन्छ। 

Xtrem

Xtrem

छोरी गोविन्दको ठूलो सपना हुन्। अहिलेको जमनामा छोराले भन्दा छोरीलेनै केही गर्नेमा उनी विश्वस्त छन्। त्यो विश्वाशको मुख्य श्रोत मुख्यमन्त्री बेनर्जी हुन्। छोरीलाई पनि मुख्यमन्त्री बनाउने गोविन्दको सपना छ। एक ईंटाभट्टामा काम गर्ने मजदुरको लागि यो ठूलो सपना हो। तर असम्भव भने हैन। ‘हमारा सबकुछ यही बेटी हे। बेटाको भरोसा नहीँ। हमारा बेटीको ममता बेनर्जी बनाना चाहते हुँ,’ उनको मुहारमा खुशी भरियो। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्