काठमाडाैं- बागमती प्रदेशले कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्न र पाठ्यपुस्तक ढुवानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले पाठ्यपुस्तक बिक्री वितरणको लागि भौतिक दूरी कायम गरी सम्बन्धित जिल्लामा पुर्याउन स्थानीय तहसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिएको हो।
निर्देशनमा लकडाउन अवधिभर बालबालिकालाई घरमै बसेर राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमबाट प्रशारण भइरहेका दूरशिक्षा कार्यक्रममा अनलाइन/अफलाइन सिकाइमा सहभागी हुने व्यवस्था मिलाउन भनिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।