काठमाडौं- लकडाउनले गर्दा खाद्यान्न अभाव उत्पन्न भएको अति विपन्न समूहलाई कुपोषण हुनबाट बचाउन सामाजिक अभियन्ताको संस्था भोरले विषेश पोषण सप्लिमेन्टल प्याकेजको योजना ल्याएको छ।
योजनामा गर्भवती महिला, सुत्केरी महिला, स्तनपान गराउने आमा, पाँच वर्षमुनिका बालबालिका र किशोरीहरुलाई कुपोषणबाट बचाउन सहयोग होस् भन्ने उद्दश्यले योजना ल्याइएको जानकारी भोरले दिएको छ।
नेपालका सातवटै प्रदेशका विभिन्न स्थानमा यो अभियान संचालन गरिने बताइएको छ। प्याकेजमा तपसिल १६ प्रकारका सामग्री समावेश गरिने समेत भोरले जनाएको छ। ब्राउन राइस, मुगको दाल, तोरीको तेल, ज्वानो, गेडागुडी वा क्वाँटी, सर्वोत्तम पिठो बनाउने खाद्य सामग्रीलगायत प्याकेजमा रहनेछन्।
लक्षित समूह पहिचान गरी प्याकेज उपलब्ध गराइने भोरको भनाइ छ। प्याकेज प्रदान गर्नका लागि भोरले प्रत्येक प्रदेशमा सम्पर्क व्यक्तिसमेत तोकिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।