काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले १४औं अधिवेशनबाट नयाँ नेतृत्व आउने दाबी गरेका छन्। गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाको आयोजनामा भएको कोरोना कहरको महामारीपछिको अर्थ व्यवस्था र कांग्रेसको भूमिका विषयको भिडियो लाइभ बहसमा उनले अब पार्टीमा नयाँ नेतृत्व आउने दाबी गरेका हुन्।
उनले बहसमा नेपालमा अब कृषि क्रान्तिले मात्र अर्थ व्यवस्था उकास्न सहयोग गर्न सक्ने बताएका थिए। उनले कोरोना भाइरसको महामारीले सबैलाई ठूलो चुनौतीसँगै अवसर पनि दिएको बताएका थिए।
सोही बहसमा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले कोरोना महामारी रोक्न कुनै स्पष्ट कार्यक्रम र योजना नल्याएको बताउँदै महामारीपछिको देशको अवस्थालाई सरकारले मुल्याङ्कन गर्न चुकेको बताएका थिए।
उनले पार्टीको १४ औं अधिवेशन हाई टेक्नोलोजी प्रयोग गर्दै समयमै गर्नुपर्ने धारणा राखेका थिए। उनले पार्टी अब पनि नसुध्रिए ठूलो घाटा हुने चेतावनी समेत दिएका थिए।
कांग्रेसकी केन्द्रीय सदस्य, पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीले संगठन बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।