• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

सहयोगबाट बन्दैछ बेपत्ता पत्रकारको घर

64x64
महेश न्यौपाने बिहीबार, वैशाख १८, २०७७  १५:१६
1140x725

रोल्पा- अपरहणमा पर्नुभन्दा १६ दिनअघि मात्र कान्छो छोरो जन्मिएको थियो। १५ दिन सुत्केरी श्रीमतीको स्याहार गरेर कार्यक्षेत्र जाँदै गर्दा २०५८ साल असार १० गते अपहरणमा  परे उनी। जन्मेको १६ दिनमा छोडेर निस्किएको कान्छो छोरा रामचन्द्र अहिले १८ वर्ष पूरा भइसके पनि धनबहादुर रोका भने ज्युँदो छन् कि मरिसके भन्ने अहिलेसम्म कसैलाई अत्तोपत्तो छैन।

रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतमा खाम (मगर) भाषाका समाचारवाचक थिए धनबहादुर। रेडियो नेपालले पहिलो पटक संचारमा  समावेशी अवधारणा सुरु गरेसँगै नेवारी, भोजपुरी, मगर खाम, हिन्दीजस्ता भाषामा समाचार प्रसारण हुन थालेको थियो। मगर खाम भाषामा समाचारवाचकका लागि धनबहादुर रोका र प्रसाद बुढा २ जनाले रोल्पाबाट रेडियो नेपाल छिर्ने अवसर पाएका थिए। 

तत्कालीन समयमा सशस्त्र द्वन्द्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादीले उनको  परिवारलाई तारो बनाएको थियो। पत्रकार भएसँगै धनबहादुरलाई  केही सुरक्षित भएको अनुभुति  भएपनि ढुक्क हुने अवस्था थिएन।

धनबहादुरको सुर्खेत  रोल्पा आउजाउ चलिरहन्थ्यो।  घरबिदामा रोल्पा आएका धनबहादुर कार्यक्षेत्र जाँदै गर्दा प्यूठानको जलुकेबाट अपहरणमा परे।

साविकको रोल्पास्थित मिरुल गाविसमा बस्दै आएको धनबहादुरको परिवारलाई विद्रोही माओवादीले गाउँ बस्न  नदिएपछि मिरुल टुटुमा रहेको प्रहरी चौकी नजिक बस्दै आएको थियो। माओवादीले प्रहरी चौकी आक्रमणको श्रृंखला बढाउन थालेछि टुटुमा  रहेको प्रहरी चौकी विस्थापित भएसँगै रोका परिवार पनि गाउँ छाड्न बाध्य भएको थियो। जागिरको शिलसिलामा धनबहादुर सुर्खेत लागेसँगै उनको परिवार भने विस्थापित भएको थियो। 

सुरक्षाका लागि जन्मथलो मिरुल छाडेर धनबहादुरका आमा, श्रीमती र छोराछोरी जिल्ला सदरमुकाम लिबाङ आएर बस्न थालेका थिए। धनबहादुरका बुबा मनबहादुरलाई माओवादीहरूले २०५३ सालमै गोली हानी हत्या गरिसकेका थिए। बुबा मनबहादुरको हत्या गर्दा धनबहादुरका भाईलाई पनि खुकुरीले छियाछिया गरेर काटेका थिए। धनबहादुरकी श्रीमती दिलकुमारीका अनुसार बेहोस भएका देवरलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि नेपालगञ्ज लगिएको थियो। समयमै उपचार पाएका कारण उनी बचेका थिए। बुबा र भाईलाई आक्रमण गर्दा धनबहादुरकी आमा लुकेर बचेकी थिइन्। माओवादी युद्धको सुरुवातदेखि नै आक्रमणको तारो बनेको धनबहादुरको परिवार युद्धकालभर जन्मथलो फर्कन पाएन।

शान्ति प्रक्रिया सुरु भएसँगै घर फर्किएका धनबहादुरको परिवारसँग बस्ने बास र खाने गाँस थिएन। धनबहादुरकी श्रीमती माईतीमा बसिन्। 'बस्ने बासको ठेगान नहुँदा लामो समय माइतीमा बसेँ,' धनबहादुरकी श्रीमती दिलकुमारीले भनिन्, 'दाजुभाइले बनाई दिएको सानो घरमा छोराछोरी हुर्काउनुको विकल्प  थिएन। त्यसै गरेँ,' उनले भनिन्। 

धनबहादुर जन्मिएको ठाउँमै घर बनाएर बस्ने ईच्छा लागेकाले घर बनाउने निर्णयमा पुगेपनि उनीसँग आवश्यक रकम थिएन। नजिकका छरछिमेक र इष्टमित्रसँग सहयोग जुटाएर घर निर्माण गर्ने सोचमा रहेकी उनले अहिले भने सहयोग पाउन थालेकी छिन्। 'उनको घर निर्माणका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोगको आश्वासन दिएका छन्,' नेपाली कांग्रेस मिरुलका  सभापति खरिलाल डाँगीले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली  कांग्रेस रोल्पा, नेपाल  तरुण दल रोल्पालगायतले सहयोगको थालनी गरेको नेपाली कांग्रेस रोल्पाका क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिए। 'पार्टीका नेता  कार्यकर्ता तथा नेपाल तरुण दल  रोल्पाले संकलन गरेको सहयोगबाट घर छाउने टिन हस्तान्तरण गरेका छौँ,' घर्तीले भने।

स्थानीय शान्ति समिति रोल्पाको अभिलेखमा २०५९ माघ  १६ गते विद्रोहीबाट हत्या गरिएको उल्लेख गरिएको छ। सोही अभिलेखमा धनबहादुरका बुबा मनबहादुरको २०५३ कार्तिक ३० गते विद्रोही माओवादीबाट हत्या गरिएको उल्लेख गरिएको छ। 'स्थानीय शान्ति समितिको अभिलेखमा हत्या गरिएको भनिए पनि आफूहरुले अहिले सम्म न लास पाएको अवस्था छ, न सास नै,' धनबहादुरको श्रीमती दिलकुमारीले भनिन्। 

एसिया जर्नलिस्ट एसोसिएसनको सहयोगमा नेपाल पत्रकार महासंघका तत्कालीन सभापति विष्णु निष्ठुरीको पहलमा बेपत्ता पत्रकार धनबहादुरका छोराछोरीलाई २०६६ सालदेखि विद्यालय पढाउन सहयोग गर्दै आएको थियो। 

आफ्ना ससुरा किन मारिनु पर्‍यो? अनि श्रीमान किन अहिलेसम्म बेपत्ता पारिनु पर्‍यो? शसस्त्र युद्ध शान्ति प्रक्रियामा अवतरण गरेको डेढ दशक पार गर्दासम्म दिलकुमारीले जवाफ पाउन सकेकी छैनन्। बुबा बेपत्ता हुँदा छोरी पवित्रा साढे तीन वर्षकी थिइन्। जेठो छोरा बसन्त २ वर्ष र कान्छो छोरा रामचन्द्र १६ दिनका मात्र थिए। सानैमा बुबा गुमाएका अबोध बालबालिकाहरु अहिले ठूला भइसके। तर अझै उनीहरुले आफ्ना बुबा र बाजे किन मारिनु पर्‍यो जवाफ पाएका छैनन्। 

राज्यको चौथो अंग भनिने पत्रकारिता गर्दागर्दै अपहरणमा परेका धनबहादुरको श्रीमती लामो समयसम्म घरबारविहीन हुँदा पनि राज्यको नजर पुग्न नसकेपछि सहयोग खोजेर घर बनाउन बाध्य भएकी हुन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल सोमबार, असोज ५, २०८३
‘बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक’ सोमबार, असोज ५, २०८३
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्